
शनिवार , कार्तिक ६, २०७८
श्री गोबर्धन मठ पुरी–पीठका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द सरस्वती जी महाराज कात्तिक ७ गते भैरहवा आउने कार्यक्रम तय भएको छ । हिन्दू धर्मका धर्माचार्य तथा धर्म गुरुहरुमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराज नेपाल आउने भएपछि नेपालका सबै हिन्दू धर्मसंग सम्बन्धित संघ–संस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिसहरु भैरहवा भेला हुने भएका छन् । भैरहवामा आयोजना गरिएको धार्मिक सभाको सन्दर्भमा कोटी होम पीठाधीसका धर्मपाल गुरु वशिष्टसंग गरिएको कुराकानीको सम्पादित अशं :
खास गरी के को सिलसिलामा भैरहवा आउनुभएको छ ?
हाम्रो मुख्य उद्देश्य भनेको नेपाललाई हिन्दु राष्ट्र स्थापना हो । भारतबाट श्री गोबर्धन मठ पुरी–पीठका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द सरस्वती जी महाराज आउँदै हुनुहुन्छ । महाराजलाई यो पवित्र भूमिमा स्वागत गर्ने तयारीमा छौं । यो कार्यक्रमले पनि हिन्दु राष्ट्र स्थापनामा टेवा पुग्छ भन्ने विश्वास लिएका छौं । भैरहवामा आयोजना गरिएको धार्मिक सभामा सहभागि हुन आएका छौैं ।
कति दिने कार्यक्रम हो र कार्यक्रम अन्तर्गत के के हुँदैछ ?
कार्यक्रम कात्तिक ७ गतदेखि ९ गतेसम्म (तीन दिन) हुँदैछ । कात्तिक ७ गते शंकाराचार्य महाराज जी नेपाल आउँदै हुनुहुन्छ । नेपाल भारत सीमाको कक्ररहवा नाकामा महाराजीलाई भव्य स्वागत गर्दैछौं । त्यस्तै ८ गते बिहान १० बजेदेखि श्री राम जानकी हनुमान मन्दिर गल्लामण्डीबाट वृहत शोभा यात्रा, बिहान ११ बजे महेन्द्र सभा गृह (पटवा बैंक्वेट) मा धर्मगुरुहरुको शोभायात्रासहित प्रवेश हुनेछ । त्यसै गरी स्वास्ती वाचन, आरती, पादुका वूजन, शंकाराचार्य जी महाराजको अभिनन्दन र उहाँबाट आध्यात्मिक जागरण एकता विराट धर्मसभालाई सम्बोधन हुनेछ । त्यसै गरी ९ गते शास्त्रीय ज्ञान मञ्च तथा कार्यक्रमबारे समीक्षा हुनेछ ।
कार्यक्रमका लागि भैरहवा नै किन रोज्नुभयो ?
भैरहवा नेपालको मध्यभागमा परेको र आवातजावतमा समेत सहज हुने भएकाले यो स्थानलाई उपयुक्त ठानेर रोजिएको हो ।
धर्म सभामा कति जनाको सहभागिता हुनेछ ?
मलाई लाग्छ हामीले कार्यक्रम गर्ने हलमा सबै जना अटाउनुहुन्न । व्यापक सहभागिता हुनेछ ।
५. सभामा कहाँ कहाँबाट धर्म गुरुहरुको सहभागिता रहनेछ ?
धार्मिक सभामा नेपालका प्रमुख धर्म गुरुहरुलाई आमन्त्रित गरिएको छ । धेरै स्थानबाट उहाँहरुको सहभागिता रहनेछ ।
हिन्दु राष्ट्र स्थापना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो भन्नुभयो । हिन्दु राष्ट्र स्थापनामा कार्यक्रमले कसरी टेवा पुर्याउँछ ?
विश्व ओमकार एकता महाअभियानमार्फत हिन्दु राष्ट्र स्थापनाका लागि काम अगाडी बढाएका छौं । कार्यक्रमले निश्चय नै टेवा पुर्याउँछ । विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालमा पुनः हिन्दु राष्ट पुर्नस्थापना गर्नुपर्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij