
शुक्रवार , कार्तिक ५, २०७८
भैरहवा, ५ कात्तिक ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठको बिदाई गरेको छ । २७ वर्षसम्मको सेवापछि शुक्रबार एक कार्यक्रमकाबीच बिदाई कार्यक्रम गरिएको थियो । २०५१ सालबाट सेवा सुरु गरेका श्रेष्ठले नगरपालिकामा विभिन्न विभाग सम्हाल्दै आएका थिए । उनले शहरी विकास आयोजना, एशियाली विकास बैकका आयोजना लगायतको जिम्मेवारी पनि सम्हालेका भएको थिए ।
बाग्लुङ जिल्लामा जन्मेका इञ्जिनियर श्रेष्ठले नगरपालिकामा सधै सहयोग गरिरहने बताए । सो कार्यक्रममा नगरप्रमुख हरि प्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, कर्मचारी एशोसियसनका सचिव केशव पौडेल, मुक्त बहादुर पाण्डे लगायतले मायाको चिनोसहित बिदाई गरेका थिए । सो अवसरमा बोल्दै इञ्जिनियर श्रेष्ठले नगरमा पुर्याएको योगदानको चर्चा गरिएको थियोे ।
कार्यक्रममा मायादेवी गाउँपालिकाबाट सरुवा भइ सिद्धार्थनगर नगरपालिकामा आएका लेखा अधिकृत ओमेश गैरेलाई स्वागत गरिएको थियो ।
नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij