२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

रक्तदान सचेतनामूलक मेची महाकाली यात्रा

शुक्रवार , कार्तिक ५, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल, ५ कात्तिक ।
    बुटवलका १९ वर्षिय युवा सन्देश भण्डारीले रक्तदान सचेतनामूलक मेची महाकाली मोटरसाइकल र्याली सुरु गरेका छन् । शुक्रबार बुटवलमा एक समारोहकाबीच नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्लाका सभापति प्रेमलाल उदास, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले भण्डारीलाई बिदाई गरेका छन् । मेचीबाट उनको औपचारिक यात्रा शुभारम्भ हुनेछ । देशका सातवटै प्रदेशका समुदायमा पुगेर उनले रक्तदानको महत्व, रक्तदान कार्यक्रमसंगै पर्यटकीय क्षेत्र भ्रमण गर्नेछन् । कात्तिक ५ देखि १४ गतेसम्म महाकाली हुँदै फेरि बुटवल आएर समापन गरिने उनले बताए ।

    उनको यो यात्रालाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, साईन रेसुङा विकास बैक, लिजेन्डरी गियर्स नेपाल, नेपाल स्वयंस्वेवी रक्तदाता समाजबाट सहयोगमा भएको छ। 

    नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले भण्डारी मेची महाकाली अभियानमा कम उमेरमा यात्रा थालेका युवा भएको बताए । लुम्बिनी वाणिज्य क्याम्पसका प्राध्यापक लक्ष्मण भण्डारीका सुपुत्र भण्डारी हाल काठमाडौं विश्वविद्यालयमा कम्युनिटी डेभलपमेन्ट विषयमा दोस्रो सेमेष्टारमा अध्ययरत छन् ।