२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारीसहित ६ जनालाई कोरोना संक्रमण 

शुक्रवार , आश्विन १६, २०७७

अर्घाखाँची, १६ असोज ।
अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, दुई जना स्वास्थ्यकर्मी र अन्य दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले आफुलाई कोरोना पुष्टि भएको बताए ।

प्रशासन कार्यालयमा दुई जना सहायक प्रमुख जिल्लामध्ये एक जना सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापालाई कोरोना पुष्टि भएको र एक जनालाई कोरोना पुष्टि नभएकोले प्रशासनबाट हुने काम नरोकिने उनले बताए ।

जिल्लामा हालसम्म ४ सय ७ जना कोरोना संक्रमितमध्ये कोरोना निको भएर ३ सय ८९ जना डिस्चार्ज भएका छन् । अब सक्रिय कोरोना संक्रमितको संख्या १४ रहेको छ । 

कोरोनाका कारण जिल्लाभर ४ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । भारत तथा छिमेकी जिल्लाबाट स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १ सय २० रहेको छ ।