२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगरले गर्‍यो विभिन्न निर्णय

बिहिवार , कार्तिक ४, २०७८

भैरहवा, ४ कात्तिक । 
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपालको प्रथम पूर्ण बैठक बिहीबार भैरहवामा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण मल्ल ठकुरीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले २३ सदस्यीय नगर सचिवालय समिति गठन गरेको छ । त्यस्तै बैठकले सामाजिक क्षेत्रमा गरिएका कार्यहरुको बारेमा समीक्षा, संघको कात्तिक ९ गतेपछि सिद्धार्थनगरका १३ वटै वडामा कमिटी गठन गर्ने, बैँक खाता सञ्चालन गर्ने लगायतका निर्णय गरेको राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर सचिव रोशन बहादुर थापाले जानकारी दिए ।

बैठकमा बोल्दै प्रमुख अतिथि नेकपा एमाले सिद्धार्थनगर नगर कमिटी सदस्य वाईपी आचार्य (सुशान्त)ले युवाहरु एकजुट भएर अगाडी बढ्नुपर्ने बताए ।  विकास निर्माणका कार्यहरुमा चासो लिदै युवाहरु रचनात्मक कार्यहरुमा युवाहरु अगाडी बढ्नुपर्ने उनले बताए ।

बैठकमा मदन भण्डारी स्पोर्टस एकेडेमी सिद्धार्थनगरका अध्यक्ष मिलन दर्लामी, राष्ट्रिय युवा संघ नेपालका सिद्धार्थनगर कमिटीका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।