२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

जगतगुरु शंकाराचार्य भैरहवा आउँदै

बुधवार , कार्तिक ३, २०७८

भैरहवा, ३ कात्तिक ।
श्री गोबर्धन मठ पुरी–पीठका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द सरस्वती जी महाराज नेपाल आउने कार्यक्रम तय भएको छ । हिन्दू धर्मका धर्माचार्य तथा धर्म गुरुहरुमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराज नेपाल आउने भएपछि नेपालका सबै हिन्दू धर्मसंग सम्बन्धित संघ–संस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिसहरु भैरहवा भेला हुने भएका छन् ।

शंकाराचार्यको नेपाल भ्रमणको बारेमा जानकारी दिन बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोलधामका पीठाधीस धर्मगुरु ब्यासाचार्य किशोर गौतमले शंकराचार्य यहि कार्तिक ७ गते भैरहवा आउने कार्यक्रम तय भएको बताए । उनले भने, ‘भारतको पूर्वि क्षेत्रमा रहेको जगन्नाथ धामका पीठाधीस समेत रहेका जगतगुरु शंकराचार्य भैरहवा आउने मिति तय भएको छ । उनी ७ गते लुम्बिनीस्थित कक्रहवा नाकाबाट नेपाल आउने भएका छन् । अर्कोदिन पटवा बैंन्केटमा धार्मिक सभा हुनेछ ।’ ब्यासाचार्य किशोर गौतमले धर्मसभामा हिन्दूधर्मप्रति आस्थावान ओमकार परिवारका सबैलाई सहभागि हुन अनुरोध समेत गरे । उनले भने, ‘धर्मसभामा हिन्दूधर्मका प्रकान्ड विद्वानहरु, धर्मगुरुहरु, पीठाधिसहरुको पनि सहभागिता हुनेछ । ”

पत्रकार सम्मेलनमा बोल्दै धर्मसभा व्यवस्थापन समिति मूल आयोजक समितिका संयोजक समेत रहेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले हिन्दू धर्मको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका लागि सभा आयोजना गरिएको बताए ।

jagat guru shankar achrya.docx1.jpg

शर्माले भने, ‘हामी कुनै दल विशेषको आग्रहमा वा कसैलाई सत्तामा पुर्याउने गरी कार्यक्रम गरेका छैनौं । यो नितान्त हिन्दू र हिन्दूत्वको लागि गरिने कार्यक्रम हो । सम्पुर्ण ओमकार परिवारहरु यसमा सहभागि हुनुपर्छ । हिन्दू धर्म दर्शनका प्रकान्ड विद्वानहरुको एकैसाथ हुने सभाले नेपालको धार्मिक अवस्थाको बारेमा पनि विश्लेषण गर्नेछ । ”

देशैभरका हिन्दू सनातनीहरुको सहभागितामा सम्पन्न हुने सभालाई भव्य रुपमा र व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएको धर्मसभा व्यवस्थापन मूल आयोजक समितिका सह–संयोजक ठाकुर कुमार श्रेष्ठले बताए ।विभिन्न विषयमा करिब ५ सय भन्दा बढी पुस्तकका लेखक समेत रहेका जगन्नाथधामका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य  स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराज नेपाल आउने भएपछि हिन्दूधर्मालम्बीहरु स्वतःस्फूर्त रुपमा स्वयंसेवी भावले कार्यक्रम सफल पार्न खटिएको संघ–संस्था समन्वय उपसमितिका संयोजक कृष्ण प्रसाद भण्डारीले बताए । 

धार्मिक सभालाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको हिन्दु जागरण नेपालका केन्द्रीय सदस्य नारायण प्रसाद कोइरालाले बताए ।

भारतको उडिसा राज्यमा रहेको जगन्नाथ धाम हिन्दूहरुको चार धाममध्ये एक महत्वपुर्ण धाम हो । जगन्नाथ धामलाई भारतमा गोबद्र्धन पीठ पनि भन्ने गरिन्छ । जगन्नाथधामका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराजलाई जीवित गुरुहरुमध्ये सबैभन्दा उच्च पदमा रहेका हिन्दू धर्म गुरु मानिन्छ ।