images

शुक्रवार, चैत्र १६ गते २०८०

रुपन्देहीमा मूर्ति बिसर्जन गर्ने क्रममा नदीमा डुबेर एकजनाको मृत्यु

रुपन्देहीमा मूर्ति बिसर्जन गर्ने क्रममा नदीमा डुबेर एकजनाको मृत्यु

images
images
images
आइतवार, आश्विन ३१ २०७८
आइतवार, आश्विन ३१ २०७८
  • रुपन्देहीमा मूर्ति बिसर्जन गर्ने क्रममा नदीमा डुबेर एकजनाको मृत्यु

    भैरहवा, ३१ असोज ।

    images
    images
    images

    रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । दानव नदी र तिनाउ नदीको संगमस्थल कोटहीमाई गाउँपालिका–५ स्थित दुईमोहानमा कोटहीमाई–४ कदमहवाका अन्जादी १९ वर्षीय अनिल चौधरीको नदीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । दुर्गा मूर्ति बिसर्जनका क्रममा मृत्यु भएका चौधरीको खोजतलास पश्चाप्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

    शुक्रबारदेखि नै मूर्ति बिर्सजन गर्न नदीमा आएका स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले बताए । ‘शनिबार दिउँसो साढे २ बजे मूर्ति बिसर्जन गर्न आएकामध्ये युवाहरुमध्ये केही युवाहरु पानीमा पसेर पौडी खेल्न थाले, पौडी खेल्ने क्रममा एक जना युवा डुबेर वेपत्ता भएका थिए, ’उनले भने । सशस्त्र प्रहरी बल मझगावाँका प्रहरी निरीक्षक ताम्रजंग बस्नेतले नदीमा डुबेका युवा वेपत्ता भएपछि उनकने खोजी कार्य सुरु गरिएको बताए । शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    गत वर्ष पनि सोही स्थानमा मुर्ति विसर्जन गर्न गएका सम्मरीमाई–६ महदेहियाका मुकेश चौधरीको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो । नदीमा डुबेर वेपत्ता भएका चौधरीको शव २० घण्टापछि फेला परेको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij