images

शुक्रवार, चैत्र १६ गते २०८०

सर्पको डसाइबाट एक युवकको मृत्यु

सर्पको डसाइबाट एक युवकको मृत्यु

images
images
images
शनिवार, आश्विन ३० २०७८
शनिवार, आश्विन ३० २०७८
  • सर्पको डसाइबाट एक युवकको मृत्यु

    फुङ्लिङ, ३० असोज ।
    विषालु सर्पको डसाइबाट (टोकेर) आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानी रहेका छन् ।
    उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए ।

    images
    images
    images

    दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो । अचानक हातमा सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका थिए । झारफुक र घरेलु औषधि गरे पनि सर्पको विषले जटिल बनाउँदै लगेपछि आज बिहान उनका आफन्तले घतानीलाई जिल्ला अस्पतालमा लगेर भर्ना गराएको थिए ।

    अस्पताल भर्ना गरेको केही समयमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यता उपचारका क्रममा मृत्यु भएका घतानीको शव आफन्तले बुझेको प्रहरी निरीक्षक यादवले जानकारी दिए । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij