images

मंगलवार, बैशाख ११ गते २०८१

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे

images
images
images
शनिवार, आश्विन ३० २०७८
शनिवार, आश्विन ३० २०७८
  • सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे

    राजविराज, ३० असोज ।
    बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंश लगायत बिभिन्न रोगका  बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ । 

    images

    केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकी लगायत भाइरलका बिरामीको संख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भनाइ छ ।  मौसम परिर्वतनका कारण अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीको बिरामीहरुको चाप अहिले बढदै गएको मेडिकल सुपरिटेन्डेन्ट झाले बताए । 

    असोज महिनामा पनि दिउँसो अत्यधिक गर्मी भएसँगै अस्पतालमा दैनिक ६० देखि ७० जनासम्म बिभिन्न रोगका बिरामी अस्पतालमा भर्ना हुन आउने गरेको उनले बताए । उनका अनुसार आकस्मिक कक्षमा करिब २५/३० शय्या रहेको अस्पतालमा बिरामीको चाप बढेपछि अहिले अस्पतालमा शय्याको समेत अभाव भएको छ ।

    शय्याको अभावमा केही बिरामीलाई भुईँमा राखेर उपचार भइरहेको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन् । गर्मी बढेसँगै जिल्लामा रहेका एक सरकारी अस्पताल गजेन्द्रनारायण सिँह, अन्य स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत भाइरल ज्वरो तथा टाइफाइडका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले बताएका छन् ।

    अहिले जिल्ला अस्पताल र ग्रामीण भेगका स्वास्थ्य केन्द्रहरूमा पनि बिरामीको भीड लागेको स्वास्थ्यकर्मी बताउँछन् । ग्रामीण क्षेत्रबाट अहिले दैनिकजसो टाउको दुख्ने, ज्वरो आउने बिरामी अस्पतालमा आइरहेका छन् । अस्पतालमा उपचारका लागि भर्ना भएकामध्ये आधा भन्दा बढी ५÷७ दिनभित्र निको हुने र कसैलाई साता दिन भन्दा बढी सताउने गरेको अस्पतालका चिकित्सकहरूले बताएका छन् । निमोनियाबाट भने बालबालिकाहरू बढी प्रभावित भएको अस्पतालले जनाएको छ । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको अनुमान अस्पतालको छ । त्यस्तै जिल्लाको निजी अस्पतालमा समेत भाइरल ज्वरो, पखाला, रुघाखोकीका बिरामी उपचारका लागि आउने गरेको बताइएको छ ।

    एसइई उत्तीर्ण गरेकी छात्रालाई निःशुल्क प्लस टू 

    नगरभित्र एसइई उत्तीर्ण गरेकी छात्रालाई प्लस टू पढ्इने र प्लस टूमा लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने नगरप्रमुख शैलेश साहले जानकारी दिए । एसइई उत्तीर्ण गरेपछि माथिल्लो तहको शिक्षा ग्रहण गर्ने छात्राको संख्या अत्यन्त न्यून देखिएकाले उनीहरुलाई उच्च शिक्षामा पहुँच बढाउन नगर सभाले निर्णय गरेर यस बर्षदेखि कार्यान्वयनमा ल्याइएको उनले बताए ।

    “समग्र समाज शिक्षित नभएसम्म नगरको विकास सम्भव हुन सक्दैन”, उनले भने, “शिक्षित समाज स्थापनाका लागि एसइई उत्तीर्ण गरेकी छात्रालाई प्लस टू पढाइने योजना नगरपालिकाले ल्याएको छ ।” कक्षा ११ मा भर्ना हुने छात्राको रजिष्ट्रेसन शुल्क, परीक्षा शुल्क र मासिक शुल्कसमेत नगरपालिकाले नै व्यहोर्ने बताइएको छ । यसैगरी दलित छात्र तथा छात्रालाई सिटिइभिटीअन्तर्गतका कलेजमा पढ्न लाग्ने खर्चको ५० प्रतिशत नगरपालिकाले व्यहोर्ने नगर प्रमुख साहले बताए । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij