२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

टीका ग्रहण

शुक्रवार , आश्विन २९, २०७८

काठमाडौं, २९ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विजयादशमीको टीका लगाएका हुन् । मुमाको हातबाट शुभसाइतको टीका लगाएपछि प्रधानमन्त्रीबाट टीका ग्रहण गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

त्यस्तै प्रधान सेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल सरकारका तीनवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाएका छन् । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित संख्याको उपस्थितिमा टीका लगाइएको छ । रासस