२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

प्रथम राष्ट्रपति डा.यादव र पूर्वराजा शाहले लगाए दशैंको टीका

शुक्रवार , आश्विन २९, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • २९ असोज, काठमाडौं ।

    सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०:०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् । बडादशैँ मनाउन गृहनगर पुगेका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गरेको उनको सचिवालयले जनाएको छ ।

    यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०:०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गरेका छन् । पूर्वराजा शाहले पूर्वनायब बडा गुरु एवं समितिका पूर्व अध्यक्ष प्रा.डा. माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गरेका हुन् । रासस