२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउनेछौँ : मन्त्री राना

बिहिवार , आश्विन २८, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • रामपुर, २८ असोज । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रूपमा चिनाउने बताएका छन् । मन्त्री बनेपछि पहिलो पटक रामपुर आएका रानाले बिहीबार नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रानाले उज्यालो प्रदेश अभियान पाल्पाबाट सुरु गर्ने बताएका हुन्।

    प्रदेशभित्रका केही स्थानमा अझै विद्युत् पुग्न नसकेको हुँदा उज्यालो प्रदेशका लागि जलविद्युत्सँगै लघुजलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जाको सहायता लिएर उज्यालो प्रदेशका रूपमा चिनाउने अभियानमा लाग्ने मन्त्री रानाको भनाइ थियो । पाल्पाको समस्याको रूपमा रहेको विद्युत्को समस्यालाई हल गर्नका लागि आफ्नो कार्यकालमा प्राथमिकता दिएर काम गर्ने बताए । 

    “अब नागरिक कार्यालयमा पटकपटक धाउने होइन, नेतृत्व पङ्क्ति कार्यस्थलमा पुगेर नागरिकलाई सेवा दिने कार्यमा लाग्नेछ”, उनले भने। नागरिकको बस्तीमा पुगेर उनीहरुका समस्या पहिचान गरी समाधानको बाटोमा आफू सशक्तरूपमा लागेर काम गर्ने मन्त्री रानाको भनाइ छ । रासस