२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न अध्यात्म आवश्यक : सन्तोष पाण्डेय

बिहिवार , आश्विन २८, २०७८

भैरहवा, २८ असोज ।
लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न अध्यात्म आवश्यक रहेको बताएका छन् । उनले उद्योग, व्यवसाय, शिक्षा, खेलकुद लगायत सम्पूर्ण क्षेत्रमा सफलता प्राप्त गर्न अध्यात्म आवश्यक रहेकोमा जोड दिए । श्री श्री सार्वजनिक नव दुर्गा पूजा समारोह सिद्धार्थनगर–६ गल्लामण्डीद्वारा बुधबार भैरहवामा आयोजना गरिएको माँ भगवती रात्री जागरण कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री पाण्डेयले अध्याम बिना जीवनको लक्ष्य तय गर्न सम्भव नरहेको बताए । अध्यात्म जीवन यात्रालाई उत्कृष्ट बनाउने मार्ग भएको उनको भनाइ थियो । उनले धर्म संस्कृतिको संरक्षणका लागि स्थानीय युवाहरुको प्रयास सराहनीय रहेको भन्दै कोरोना महामारीबाट त्रसित नभइ सर्तक रहन आग्रह गरे । 

कार्यक्रममा समाजसेवी भैरव प्रसाद कलवार, जनता समाजवादी पार्टी सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जैसवाल, पश्चिमाञ्चल इंगलिस स्कूल, भैरहवाका प्राचार्य राजु शर्मा ढकाल, मायादेवी च्यारिटेबल फाउण्डेशन सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष रवि कुमार रौनियार लगायतले बोल्दै धर्म संस्कृतिको संरक्षणमा लागेको युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनीहरुले  रात्री जागरणले धर्म संरक्षणमा थप टेवा पुग्ने बताए ।

कार्यक्रम संयोजक दुर्गा प्रसाद कान्दुको अध्यक्षता, श्री श्री सार्वजनिक नव दुर्गा पूजा समारोह सिद्धार्थनगर–६ गल्लामण्डीका प्रमुख सल्लाहकार सियाराम यादवको स्वागत तथा विशाल श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

जागरण कार्यक्रममा ॐ साई जागरण परिवार नौतनवा, महाराजगंज उत्तरप्रदेश (भारत)बाट कलाकार दीपक दीप, अनिशा वर्मा, मनोज पाण्डेय, छोटु साबरी, एस एन गोरखपुरीको प्रस्तुती रहेको थियो । कार्यक्रम आयोजना गर्न सहयोग व्यक्तिहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा लियो क्लब अफ सिद्धार्थनगर युथले निःशुल्क चिया वितरण गरेको क्लबका अध्यक्ष अनुराग पाण्डेले बताए ।

IMG_6544.JPG