२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नमुनाद्वारा ओमसतियाका बाढीप्रभावितलाई खाद्यान्न वितरण

मंगलवार , आश्विन २६, २०७८

भैरहवा, २६ असोज ।
नमुना एकीकृत विकास परिषद् (नमुना) सिद्धार्थनगर, रुपन्देहीले ओमसतिया गाउँपालिका–५ गौरीका ३५ बाढीप्रभावित घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति (पालिकास्तरीय)को समन्वय तथा टेवाको सहयोगमा ३५ जना बाढीप्रभावित र एक जना यौन हिंसाबाट पीडित युवतीलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको नमुनाका अध्यक्ष ज्ञानु पौड्यालले बताइन् ।

बाढीप्रभावित एकल महिला, सुत्केरी ज्येष्ठ नागरिक, अपांगता भएका महिलाहरुलाई प्रतिपरिवार चामल २५ केजी, दाल साढे २ केजी, तेल ३ लिटर, चिउरा २ केजी, चना २ केजी, सोयाबीन १ केजी, नुन २ केजीसहित सेनेटरी प्याड, माक्स, साबुन, ब्रस, टुथपेस्ट, रुमाल वितरण गरिएको पौड्यालले जानकारी दिइन् ।

गत महिना अबिरल वर्षाका कारण आएको बाढीबाट प्रभावित परिवारलाई चाडपर्व मनाउन केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री वितरण गरिएको नमुनाका टिम लिडर दिनेश पौड्यालले बताए ।

243365092_355029669732902_4065793122787621581_n.jpg