२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सुनवलका मेयरले १५ करोडको लागतमा संचालनमा ल्याए तिरुपति मार्ट 

मंगलवार , आश्विन २६, २०७८

परासी, २६ असोज । 
नवलपरासीको सुनवल नगरपालिकामा तिरुपति मार्ट (शपिङ्ग मल) संचालनमा आएको छ । सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीले १५ करोड लगानीमा सुनवल बजारमा उक्त मार्ट संचालनमा ल्याएका हुन् । यो मार्ट सुनवल बजारको एक आकर्षणको रुपमा रहेको छ । मार्टको मंगलबार एक समारोहबीच मार्टका डाइरेक्टर सपना अधिकारी थापा क्षेत्रीसहित सुनवल नगरपालिकाका महिला जनप्रतिनिधिहरुले एकैपटक रिबन काटेर मार्टको उद्घाटन गरेका हुन् । मार्टका डायरेक्टर सपना अधिकारी थापा क्षेत्री सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाकी श्रीमती हुन् । विजया दशमीको मुखमा आज सप्तमीको तिथि पारी उक्त मार्टको उद्घाटन गरी संचालनमा ल्याएको हो ।

तिरुपति ग्रुपले संचालनमा ल्याएको यो मार्ट सुनवल चोकबाट १ सय मिटर पुर्व राजमार्गमै बाटोको दक्षिण साइडमा अवस्थित छ । नगरप्रमुख थापा तिरुपति ग्रुपको अध्यक्ष समेत रहेका छन् । मार्टमा रेडिमेट लेडिज जेन्स फैंसी कपडालत्ता, जुत्ताचप्पल, किचेनमा प्रयोग हुने सबै प्रकारका भाँडाकुडा, गिफ्टका सामान, बच्चाका खिलौना, किराना सरसामान, तयारी खाद्यान्न, राशन, सरसफाईका सामान, फलफूल, तरकारी र घरमा आवश्यक सबै प्रकारका सर–सामाग्रीहरु उक्त मार्टमा पाइनेछ । मार्टभित्रै रेष्टुरेन्ट, मिष्ठान भण्डार, कफी एवं बेकरी शप, ब्राण्डका रकसी, रेमिटांस र पार्किङ्ग समेतको सुविधा रहेको मार्टका डायरेक्टर सपना अधिकारीले जानकारी दिइन् । यस मार्टमा किनमेल गर्न आउने ग्राहकले आवश्यक सबै सामानहरु पाउने डायरेक्टर अधिकारीले विश्वास दिलाइन् ।

245041254_4192515257541953_4816289604355709189_n.jpg

सुनवलबासीको मागको आधारमा नगरप्रमुख थापाले यति लगानी गरी व्यक्ति एवं घरमा आवश्यक सबै सामानरु एकैठाउँमा पाउने गरी तिरुपति मार्ट नै सञ्चालनमा ल्याएको बताउए । यो मार्ट सुनवलबासीका लागि एक उचित र उपयुक्त मार्केट र मिट प्वाईन्टको रुपमा रहनेछ । यस मार्टमा पाइने सर–सामानहरु सस्तो र गुणस्तर पनि रहने थापाले जानकारी दिए । मार्टमार्फत कस्टुमरलाई एउटै भवनबाट विभिन्न प्रकारका सेवा प्रदान गर्न पाउँदा आफूहरु निकै खुशी रहेको मेयर थापाले जिकिर गरे ।

244938152_4192515084208637_7341124199101675737_n.jpg