
मंगलवार , आश्विन २६, २०७८
भैरहवा, २६ असोज ।
साई ग्लोबल एकेडेमी सिद्धार्थनगर, रुपन्देहीले सोमबार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको महान पर्व बडादशैं, दिपावली, नेपाल सम्वत तथा छठको अवसरमा कार्यक्रम गरिएको एकेडेमीका प्रबन्ध निर्देशक दिनेश मान अमात्यले बताए ।
कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक दिनेश मान अमात्य, निवर्तमान अध्यक्ष हरि बहादुर थापा, कृष्ण मोहन कोहार, इन्द्र बहादुर थापा, पिताम्बर तिवारी, महेश भुर्तेल लगायतले चाडपर्वको महत्वको बारेमा आफ्ना भनाइ राखेका थिए ।
साई ग्लोबल एकेडेमीका अध्यक्ष लाल बहादुर बस्नेतको अध्यक्षता, प्राचार्य दिपेश भट्टराईको स्वागत तथा कार्यक्रम संयोजक केशव शर्मा बेलबासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij