images

बिहिवार, बैशाख ६ गते २०८१

धुलिखेललाई ‘खाद्य हरियाली शहर’ बनाइँदै

धुलिखेललाई ‘खाद्य हरियाली शहर’ बनाइँदै

images
images
images
सोमवार, आश्विन २५ २०७८
सोमवार, आश्विन २५ २०७८
  • धुलिखेललाई ‘खाद्य हरियाली शहर’ बनाइँदै

    काभ्रे, २५ असोज ।

    images
    images
    images

    शहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न धुलिखेल नगरमा ‘खाद्य हरियाली शहर’ कार्यक्रम थालिने भएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको छ ।

    उक्त कार्यक्रमका लागि नगर प्रमुख अशोककुमार ब्याञ्जू र नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । ‘यो कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगो रुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा र सुन्दर हुनेछ,’ मेयर ब्याञ्जूले भने । वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रुपमा खाद्य हरियाली शहर बनाउन नगरसँग सम्झौता गरिएको उपकुलपति श्रेष्ठले बताए । ‘यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिनेछ,’ उनले भने । उनका अनुसार यस कार्यक्रममा जडिबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धान समेत समावेश गरिनेछ ।

    सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगो रुपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य बिरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरण लगायतका काम हुने ब्याञ्जूले जानकारी दिए । धुलिखेल नगर हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ शहरमध्ये पाँचांै नम्बर र एसियाको पहिलो शहरका रुपमा घोषणा भएको छ । जसले स्वस्थ शहर धुलिखेल बन्ने एउटा प्रमुख आधार तय गरेको बताइन्छ । आगामी महिना बेलायतको ग्लास्गोमा आयोजना हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक गरिएको हो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरोन्टो, स्पेनको बार्सिलोना र अमेरिकाका लस–एन्जल समेत सूचीकृत छन् । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij