images

बुधवार, बैशाख १२ गते २०८१

रुपन्देही मोतिपुर काण्ड : ४ जनाको मृत्यु 

रुपन्देही मोतिपुर काण्ड : ४ जनाको मृत्यु 

images
images
images
आइतवार, आश्विन २४ २०७८
आइतवार, आश्विन २४ २०७८
  • रुपन्देही मोतिपुर काण्ड  : ४ जनाको मृत्यु 

    भैरहवा । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा चार जनाको जयान गएको छ। औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। झडपले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको जनाएको छ। प्रहरीको गोली लागेर घाईते भएर अस्पताल पुगेका १३ जना मध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको तथा तीन जनाको अस्पताल पुग्नु पुर्व नै मृत्यु भईसकेको अस्पताल प्रशाशनले जनाएको छ। 

    images

    प्रहरीको गोली लागेर गंभिर घाईते भएका १३ जना उपचारका लागि भैरहवास्थित मेडिकल कलेज पुगेका थिए। १३ जना मध्ये ५ जना प्रहरी र ८ जना सर्वसाधरण रहेका थिए। बाटोमै मृत्यु भएका तीन जनाको सनाखत हुन सकेको छैन। उपचारका क्रममा मृत्यु हुनेमा कपिलबस्तुको बाडगंगा नगरपालिकाका ४८ का रमेश परियार रहेको अस्पतालका जनसम्पर्क अधिकारी शुशिल गुरुङले जानकारी दिए। 

    औद्योगिक करिडोर क्षेत्रमा बसेका स्थानीय र सुरक्षाकर्मी वीच झडप हुँदा ५० जना भन्दा बढी घाईते भएका थिए। झडपका क्रममा करिब ३ दर्जन हवाई फायर भएको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले झडपका क्रममा २५ जना प्रहरी घाइते भएको जानकारी दिए। उनले भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको जनाए। औद्योगिक करिडोर निर्माण गर्ने भनिएको मोतिपुरमा अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

    घाईतेहरुको अहिले जिल्लाका विभिन्न अस्पतालमा उपचार भईरहेको छ।  सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो । सो क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ भने जग्गा कब्जा गर्न आएका स्थानीयको पनि बाक्लो उपस्थिति छ । यस्तै रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कफ्र्यु लगाएको छ ।

    आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फयु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij