images

शुक्रवार, बैशाख ७ गते २०८१

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

images
images
images
आइतवार, आश्विन २४ २०७८
आइतवार, आश्विन २४ २०७८
  • लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    बुटवल ।  लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।

    शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ रहेका छन् ।

    त्यस्तै माओवादी केन्द्रबाट मन्त्री बनेका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री दाङका इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका बर्दियाका तिलकराम शर्माले शपथ लिएका छन् ।

    त्यस्तै कांग्रेसबाटै बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ लिएका छन् । माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वलीले पनि शपथ लिएकी हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij