आइतवार , आश्विन २४, २०७८
बुटवल । प्रहरीले मोतिपुर औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा झडप भएको छ।
अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच भएको झडपमा परी दुई जना घाइते भएका छन्। अन्य केहिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २ राउण्ड फाईरिङ गरी अवस्थालाई नियन्त्रणमा लिएको स्थानीयले बताएका छन।
औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने क्रम बढेपछि आइतबार बिहानैदेखि प्रहरी तैनाथ थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij