images

शनिवार, बैशाख १५ गते २०८१

अनुकरणीय बनेको बुटवलको सहरी कृषि प्रवर्द्धन कार्यक्रम 

अनुकरणीय बनेको बुटवलको सहरी कृषि प्रवर्द्धन कार्यक्रम 

images
images
images
आइतवार, आश्विन २४ २०७८
आइतवार, आश्विन २४ २०७८
  • अनुकरणीय बनेको बुटवलको सहरी कृषि प्रवर्द्धन कार्यक्रम 

    बुटवल, २४ असोज ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको सहरी कृषि प्रवर्द्धन कार्यक्रम प्रभावकारी भएको छ । किसानलाई अनुदानमा बीउ तथा उपकरण प्रदान, फसल धितो राखेर अनुदान, जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान, कौसीमा तरकारी खेती, जैविक मल र महामारीमा आर्थिक प्रोत्साहनसहितका कार्यक्रमसहित सहरी कृषि प्रवद्र्धन अभियान सञ्चालन गरेको छ । उपमहानगरपालिकाले सञ्चालन गरेका कार्यक्रम सहरी कृषिमा समर्पित धेरैका लागि आयआर्जनका सारथी बनेका छन् । किसानहरुले व्यक्तिगत रुपमै र समूह बनाएर व्यवसायिक कृषि सुरु गरेका छन् । उपमहानगरले विज्ञहरुमार्फत व्यवसायिक कृषि गरिरहेकालाई खेतीप्रणाली र व्यवस्थापन समेतका काममा सहजीकरण गर्दै आएको छ । 

    images

    उपमहानगरका अनुदानका व्यवस्थसहितका कार्यक्रमबाट लाभ लिएका बुटवल–१२ का भूपेन्द्र सारुसहित उनको समूहका चार जना अहिले त्यहाँका नमुना व्यवसायिक किसान बनेका छन् । विदेश जाने सोंचमा रहेका उनी सहरी कृषिमा आवद्ध भएपछिका दिनमा आम्दानीले प्रफुल्लित छन् । उनीसहित परिवारमा समेत प्रसस्तै काम पुगेको छ र बेरोजगार बन्नु परेको छैन । उनीहरुलाइ जैविक तरकारी उत्पादन कृषक भनेर धेरैले चिन्छन् । उपमहानगरले यस्ता किसानका फसललाई सहकारीमार्फत बजारको समेत सुनिश्चितता गरेको छ । उनीहरुको समूहले पूर्ण जैविक तरकारी उत्पादन गरेर आफ्नो मात्रै जीवन धानेको छैन, बुटवललाई स्वच्छ तरकारी पनि खुवाएको छ । सारु भन्छन्,‘अझै पनि धेरैले हेला गरेको र चासो नदिएको पेशाको रुपमा छ कृषि तर मेरा लागि भने यो महत्वपूर्ण निर्णय सावित भएको छ । यसमा उपमहानगरपालिकाको सहयोगले निकै महत्वपूर्ण भूमिका खेल्यो ।’ 

    kisan 3.jpg

    बिउ मात्रै होइन, त्यसपछि उनको समूहलाई उपमहानगरपालिकाले छाप्रा हाल्न, टनेल बनाउन र पशुपालनका लागि घाँस काट्ने मेसिन किन्न, पशुपालनका लागि दाना, नश्ल सुधार, गोठ सुधारसम्मका धेरै काममा अनुदान दिएको छ । संघीय र प्रदेश सरकारसंगको सहकार्यमा उपमहानगरले अरु थप प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । खेतबालीसम्मै पुगेर कृषिका बारेमा प्राविधिक ज्ञान, सीप र बाली पात्रो अनुसारको तरिका सिकाउनुका साथै आवश्यक उपकरण दिने र उत्पादित उपजको बजारिकरणमा पनि उपमहानगरले टेवा पुर्याउँदै आएको छ । विपन्नको पहिचान गरेर बाख्रा पालनका लागि बाख्रा वितरण र त्यसका लागि खोर बनाउने रकम समेत उपमहानगरले उपलव्ध गराउँदै आएको छ । कृषि क्षेत्रमा केही गर्न चाहने सयौंको सारथी बनिरहेको छ, उपमहानगरपालिकाको सहरी कृषि प्रवद्र्धन कार्यक्रम । 

    नगरप्रमुखका रुपमा शिवराज सुवेदी र उपप्रमुखका रुपमा गुमादेवी आचार्य चुनिएर आउनु भन्दा अघि बुटवलमा कुनै पनि व्यवसायिक कृषक समूह थिएनन् । तर, अहिले यहाँ धेरैजसो वडामा कृषकका व्यवसायिक समूह बनेका छन् । समूहमा आबद्ध भएकाहरुले व्यसायिक रुपमा खेती गर्दै आएका छन् । महिलाहरुका समेत अलग्गै समूह दर्ता भएर कृषि कर्मलाई प्रभावकारी बनाइरहेका छन् । कृषि कर्ममा पनि अब्बल बनिरहेका अगुवा महिला मधुकला कुवँर, सावित्रा रेग्मी लगायतले बुटवलको सहरी कृषि प्रवद्र्धन कार्यक्रमले धेरैलाई आकर्षित गरेको बताउँछन् । बुटवल भनेको भिडभाड भएको ब्यस्त बजार क्षेत्र मात्रै होइन व्यवस्थित खेतीपाती गर्ने उपयुक्त जमिन भएको क्षेत्र पनि हो भन्ने कुरालाई सहरी कृषि प्रवद्र्धन कार्यक्रमले सावित गरिरहेको महिला अगुवा रेग्मीको भनाइ छ । 

    भूपेन्द्र सारुको जस्तो २० वटा व्यवसायिक कृषक समूह उपमहानगरको कृषि नीतिबाट प्रत्यक्ष लाभान्वित भइसकेको कृषि शाखाको तथ्यांकमा छ । उपमहानगरबाहेक प्रदेश सरकारबाट अनुदान लिनेगरि अरु केही समूह पनि बुटवलमा छन् । ती बाहेक बुटवलमा अहिलेसम्म एक सयजना व्यवसायिक कृषक, आठ वटा व्यवसायिक उत्पादक समूह, ५ वटा कृषि सहकारीले उपमहानगरपालिका कै सहयोगमा व्यवसायिक कृषि अंगाल्दै आएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

    रासायनिक मल व्यवस्थापनका लागि मात्रै बुटवलमा १२ वटा सहकारीले जिम्मा पाएका छन् । किसानका घर दैलोमा रहेका वडा कार्यालयहरुबाट नै अनुदानको मल वितरणका लागि उपमहानगरपालिकाले स्वीकृती दिएको छ । जथाभावी रसायनिक मलको प्रयोगमा बन्देज लगाइएको छ । जैविक खेतीका लागि जैविक मलको उत्पादन गर्न पनि उपमहानगरले अनुदानको व्यवस्था गरेको छ ।  तीबाहेक बाँझो जग्गाको सदुपयोग गर्ने गरि जग्गा भाडामा अनुदान, उत्पादनमा आधारित कार्यक्रम, व्यवसायीक तरकारी उत्पादन पकेट विकास कार्यक्रम, व्यवसायिक मौरी पालन, फलफुल बगैचा स्थापनाका लागि सामुहिक खेति, कृषि औजार उपकरणमा अनुदान, कौसीमा तरकारी खेती कार्यक्रम, ‘एक स्थानिय तह, एक उत्पादन’ जस्ता कार्यक्रमले बुटवलको कृषि क्षेत्र कायापलट भएको नै छ ।  

    बुटवलले पाँच स्थानलाई तीन क्लष्टरमा बाँडेर करिब चार सय कठ्ठाको तरकारी पकेट क्षेत्र पनि बनाएको छ । अर्कातर्फ च्याउमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत दुई वटा च्याउ उत्पादन पकेट क्षेत्र निर्माण गरिएको छ । यसको अलग्गै समुह निर्माण भएको छ । च्याउका यी समूहले एक सिजनमा मात्रै दुई सय ५० क्वीन्टल ताजा च्याउ उत्पादन गरी २७ लाख रुपैयाँको च्याउ बिक्री गर्न सफल भएको अगुवा महिला जमुना सुवेदी पोखरेलले बताइन् । रसायनबिहीन ताजा अर्गानिक तरकारी उत्पादन गर्न बुटवलले ८० वटा हरितगृह निर्माण गरेको र जैविक मलमा आकर्षण बढाइएको छ । त्यस्तै वाली धितो राखी सहकारिलाइ सहुलियत कृषि ऋणदिने कार्यक्रम अनुसार गत बर्ष बुटवलले धान बालीमा मात्रै चार सय ५० मेट्रिक टन र गहुँ वालीमा दुई सय ७५ मेट्रिक टन वाली धितोमा राखेर साना किसानलाई अनुदान दिएको थियो । धान रोप्ने र काट्ने खेतालाका लागि पारिश्रमिक दिनसमेत पैसा नभएका किसानले यसबाट प्रत्यक्ष फाइदा लिइराखेका छन् । 

    स्थानीयको जनस्तर उकास्नका लागि कृषि विकासलाई नै प्रमुख नीति बनाएको बुटवलले ‘के पाइन्छ होइन के चाहिन्छ’ भन्ने आधारमा कृषि विकासका कार्यक्रम सञ्चालन भइरहेको उपमहानगरपालिकाका प्रमुख सुवेदीको भनाइ छ । स्थानीयलाई कृषिबाट बिमुख नबनाई दिगो जीवनस्तर वृद्धिका लागि आधुनिक व्यवसायीक कृषि विकासको लक्ष्यलाई साकार बनाउन सहरी कृषि लक्षित कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख सुवेदीले बताए । 

    बुटवलमा कृषि विकासका कार्यक्रमहरु नगर प्रमुखकै अध्यक्षतामा रहेको स्थानिय कृषि व्यवसाय सञ्चाल समितिमार्फत सञ्चालन भइरहेका छन् । बुटवलले अंगिकार गरेको कृषि नीतिले बुटवलमा रहेको तीन हजार नौ सय ३९ हेक्टर खेतीयोग्य जग्गामा कृषि उत्पादन गर्दै त्यो जग्गाको उत्पादकत्व वृद्धि गर्दै लैजाने लक्ष्य राखेको छ । 

    जैविक कृषि उपज संकलन केन्द्र स्थापना

    बुटवल जैविक तरकारि उत्पादन कृषक समूहद्वारा प्रबद्धित जैविक कृषि उपज संकलन केन्द्र स्थापना भएको छ । बुटवल १५ मा रहेको उक्त केन्द्रको बुटवल उप महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन् । उत्पादक पनि कृषक र सन्चालक पनि कृषक नै रहने गरी यो केन्द्र स्थापना गरिएको हो । प्रदेश, स्थानीय सरकार, कृषकको लागत सहभागिता हुने गरि कार्यक्रम अगाडि बढाइएको हो । हालसम्म करिव १७ लाख लगानी भएको छ । यहाँ सफटवेयरबाट कार्यक्रम सञ्चालन हुनेछ । कृषि उपज केन्द्रमा सामान लगेर दिएपछि कृषकको मोवाइलमा म्यासेज जाने र रकम बैंक खातामा जम्मा हुनेछ । यसको सदस्यता लिन बुटवल क्षेत्र भित्रका न्युनतम ३०० केजी तरकारी वर्षमा दिन पर्ने व्यक्तिगतको हकमा समुहको हकमा भने दश हजार किलो दिने मात्रै सेयर लिन सक्ने प्रावधान छ । 

    jaibik krishi upaj kendra.jpg

    सामान्यतया स्थानीयस्तरमा उत्पादित तरकारी मसला र फलफूल वालीहरु स्थानीयस्तरमा संकलन गरी उचित बजार व्यवस्थापन गरी साना कृषकलाई प्रत्यक्ष राहत दिने गरी यो अगाडि बढाइने केन्द्रका अध्यक्ष रामनाथ मालीले बताए । उत्पादनमा आधारित अनुदान, ढुवानी अनुदान जस्ता अनुदानका र प्रोत्साहन अनुदान कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको अध्यक्ष मालीको भनाइ छ । वालिपात्रो अनुसार तरकारि लगाउने, बालि उत्पादनको आगृम सम्झौता गर्ने, माटो उपचार बीउ राग किरा व्यवस्थापन विरुवा उत्पादन जस्ता कार्य समेत गर्नेछ । हरेक दिन बिहान ७-९ र वेल्का ३-५ बजेसम्म हाल तरकारी संकलन हुने कुरा अध्यक्ष रामनाथ मालिले जानकारी दिए ।

    जग्गा भाडामा लिएर खेती गर्नेलाई अनुदान

    बुटवल उपमहानगरले कृषि कर्ममा युवालाई आकर्षित गर्ने गरी जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ । बुटवलले सञ्चालन गरेको कृषिमा प्रोत्साहन र प्रवद्र्धनको यो कार्यक्रमले युवालाई किसानमा आकर्षित गर्ने र व्यवसायिकरण गर्न मद्दत पु¥याएको छ । अहिले महामारीले कृषि कर्ममा धेरैको आकर्षण बढाइरहेका बेलामा बुटवलले अघिल्ला आर्थिक वर्षदेखि नै सहरी कृषि प्रवद्र्धनका नमुना कार्यक्रम सञ्चालन गरिरहेको छ । बुटवल उपमहानगरपालिकाले आव ०७५÷०७६ देखि नै बुटवलका बाँझो जग्गा तथा खेती नगरिएका जग्गाको सदुपयोग गरि कृषि उपजको उत्पादकत्व बृद्धि गर्ने नौलो कार्यक्रम सञ्चालन गरेको थियो । पहिलो चरणमा प्रतिकठ्ठा एक हजार रुपैयाँका दरले भाडामा अनुदान दिने नीति बनाइएको छ । 

    बजार क्षेत्रमा कौसी तरकारी खेती  

    व्यस्त बजार क्षेत्रका घरहरुमा कौसीमै तरकारी तथा साना फलफूलको खेती गर्न मिल्ने गरी बुटवलले तालिम र प्रशिक्षण समेत दिएको छ । तालिम र प्रशिक्षण लिएकाहरुले घरका छत र कौसीमा नमुना खेती गरिरहेका छन् । बजार क्षेत्रका सबै वडामा खाद्य, पोषण तथा कौसी खेति कार्यक्रम सञ्चालित छ । यसका लागि २५ जना श्रोत ब्यक्ति तयार पारेर कौसी खेतीमा सहजीकरण गरिएको छ । जग्गा नहुनेहरुलाई तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन कौसी खेतीको अवधारणा अगाडि सारिएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए । कृषि बाली उत्पादन, प्रशोधन तथा बजारिकरणका काममा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा उत्पादकत्व बढाउन मद्दत मिलेको उनको दाबी छ । 

    फसल धितो राखेर सहुलीयत ऋण !

    बुटवलले सुरु गरेको किसानको फसल धितो राखेर ऋण दिने कार्यक्रम मुलुकमै नौलो मानिन्छ । साथै किसानलाई गुणस्तरीय विउसमेत प्रदान गरिँदै आएको छ । किसानले उत्पादन गरेको धान तथा गहुँको मूल्याकंन गर्दै उनीहरुलाई पायक पर्ने सहकारी मार्फत फसल धितो राखेर ऋण उपलव्ध गराइँदै आएको छ । किसानले उत्पादन गरेका खाद्य बाली धान र गहुँको बीउलाई सहकारीले गोदाममा भण्डारण गर्दै किसानलाई आवश्यक ऋण उपलव्ध गराइएको छ । बुटवल–१७ मा रहेको सिम्रिक र बुटवल–१६ को आदर्श कृषि सहकारीसंग उपमहानगरले सहकार्य गरेको छ । सहकारीमार्फत धान, धानको बीउ, एक सय मेट्रिक टन गहुँ र गहुँको गुणस्तरीय बीउ भण्डार गरिएको थियो । अब नयाँ धान उत्पादन भएपछि त्यहीँ भण्डारण गरिने भएको छ । उत्पादक किसानलाई फसलका आधारमा आवश्यक सहुलीयत दरको ऋण प्रवाह गरिँदै आएको यो कार्यक्रम मुलुकमै पहिलो हो ।  

    अब आत्मनिर्भरताको नीति 

    बुटवलले आगामी आर्थिक २०७८/७९ मा ‘के पाइन्छ होइन, के चाहिन्छ’ को नीति अवलम्बन गर्दैै कृषि क्षेत्रमा आत्मनिर्भर गराउने खालका कार्यक्रमहरु बनाएको छ ।  कृषि वस्तुको संकलन, प्रशोधन, संचय र ढुवानी आदि कार्य गर्ने कार्यका लागि प्रदेश सरकार तथा केन्द्र सरकारको सहकार्यमा प्रदेशस्तरीय कृषि थोक बजार नगरभित्र स्थापना गर्न आवश्यक सहयोग तथा सहजिकरण गर्ने उपमहानगरको योजना छ । उर्वर कृषि भूमि तथा सावर्जनिक जग्गालाई गैर कृषिको रुपमा प्रयोगमा ल्याउन निरुत्साहित गर्दै फलफुल तथा सुहाउँदो बाली क्षेत्र विस्तार गर्दै कृृषिका कुनै न कुनै उपजमा आत्मनिर्भर बन्ने उपमहानगरको योजना छ । पशु नश्ल सुधार कार्यक्रम, पशुपंक्षी विकास तथा पशुस्वास्थ्य कार्यक्रम तथा पशुपंक्षी कृषक पहिचान कार्यक्रम जारी रहेको उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij