
आइतवार , आश्विन २४, २०७८
बुटवल, २४ असोज ।
आइएफ इएसनेपाल र यूएसएआइडी र नेत्रहिन युवा संघको साझेदारीमा रुपन्देहीमा सञ्चालित अपांगता भएका युवाहरुको राजनैतिक पहुँच विषयक कार्यशाला समापन गरिएको छ । दुई दिनसम्म भैरहवामा सञ्चालन भएको कार्यशालाको दोस्रो चरणमा बुटवलमा दुईदिन आयोजना गरी समापन गरिएको हो । शनिवार बुटवलमा एक कार्यक्रमको आयोजना गरी कार्याशालाको समापन गरिएको छ । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा भएको कार्यशाला समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रमुख विक्रम खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै महासचिव खड्काले नेत्रहिन युवा संघ लगायत अपांगता भएका व्याक्तिहरुको लागि मिडियामा पहुँच स्थापना गर्नको लागि पत्रकार महासंघ जहिले पनि तयार रहेको धारणा राखे । उनले पत्रकारिता क्षेत्रमा अपांगता भएका व्यक्तिहरुको सहभागिताको लागि महासंघले निःशुल्क रुपमा प्रशिक्षक समेत उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा रुपन्देही उद्योग व्यापार संगठनका सचिव यमलाल रेग्मी, नेत्रहिन युवा संघ रुपन्देहीका उपाध्यक्ष जीवन पोख्रेल, सचिव टिकाराम घिमिरे, पत्रकार कृष्ण खनाल, सहभागिहरु रेखा रानामगर र माधव कंडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । भैरहवा र बुटवलमा ४ दिनसम्म आयोजना गरिएको कार्यशालामा २४ जना विभिन्न प्रकृतिका अपांगता भएका व्याक्तिहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण अस्मिता क्षेत्री, टिकाराम घिमिरे, लक्ष्मी पाण्डेले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij