२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन रोटरीयनहरुको आग्रह

शनिवार , आश्विन २३, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • बुटवल, २३ असोज ।
    रोटरी क्लब अफ बुटवल वर्ष २०२१/२२ को १५ औं एवं क्लबको १३८५ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बिजनेश एजेण्डा रहेको बैठकमा विजादशमी, तिहार, छठ एवं नेपाल संवतको शुभकामना आदानप्रदान गरिएको थियो । त्यस अवसरमा बोल्ने वक्ताहरुले स्वास्थ्य मापदण्ड अपनाएर, सामाजिक दूरी कायम गर्दै र स्वास्थ्यको ख्याल गर्दै चाडपर्व मनाउन आग्रह गरेका थिए ।

    क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा क्लबका पूर्व अध्यक्ष डिल्लीकुमार श्रेष्ठले वर्ष २०१९/२० को अवार्ड सेरेमनीबारे जानकारी गराएका थिए । उनले उक्त वर्ष क्लबले विभिन्न १५ वटा विधामा अवार्ड प्राप्त गरेको जानकारी दिए ।

    बैठकमा क्लबका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकले गरेका निर्णयहरुबारे जानकारी गराएका थिए । त्यस अवसरमा रोटरीयनहरु कृष्णप्रसाद पराजुली, रुपन्देही उद्योग संघको प्रथम उपाध्यक्ष एवं गोविन्द प्रसाद गैरे, राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलको अध्यक्षमा निर्वाचित भएकोमा हर्षबढाईं गरिएको थियो ।