
शुक्रवार , आश्विन २२, २०७८
भैरहवा, २२ असोज ।
भिजिट मधेश, नेपाल जिल्ला कार्यसमिति, रुपन्देहीले भैरहवास्थित निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशिघ्र निर्माणसम्पन्न गर्न माग गरेको छ । विमानस्थल निर्माण कार्यमा ढिलाइ भएको भन्दै भिजिट मधेशले रोहिणी गाउँपालिका–३ स्थित बैकुण्ठपुरमा विरोध कार्यक्रम गरेको हो ।
यथाशिघ्र हवाई मार्ग सुचारु गर्न र मजदूरको ज्यालावापतको बाँकी रकम उपलब्ध गराउन माग राख्दै विरोध कार्यक्रम गरिएको भिजिट मधेशका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक महेन्द्र गुप्ता (प्रशान्त)ले बताए । तराई–मधेशको पर्यटन प्रबद्र्धनका लागि भिजिट मधेश गठन गरेर विभिन्न कार्यक्रमहरु अगाडी बढाइएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij