images

बिहिवार, बैशाख ६ गते २०८१

‘भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ रायमाझीलाई

‘भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ रायमाझीलाई

images
images
images
शुक्रवार, आश्विन २२ २०७८
शुक्रवार, आश्विन २२ २०७८
  • ‘भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ रायमाझीलाई


    भैरहवा, २२ असोज ।
    लुम्बिनी प्रेस क्लब, रुपन्देहीले प्रदान गर्ने ‘भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ -२०७७ बाट पत्रकार कमल रायमाझी पुरस्कृत भएका छन् । अग्रज पत्रकार तथा क्लबका सल्लाहकार नारायण सापकोटाद्वारा स्थापित ५० हजार राशीको पुरस्कार शुक्रबार लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदान गरेका हुन् ।  यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न खोजमूलक समाचार प्रकाशन र प्रसारण गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो । 

    images
    images
    images

    पुरस्कारका संरक्षक वरिष्ठ पत्रकार नारायण सापकोटाले लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवद्र्धन र विकासमा कलम चलाउनुपर्ने धारणा राखेका थिए । पत्रकार रायमाझी लुम्बिनी खबर, राष्ट्रिय समाचार समिति र सगरमाथा टेलिभिजनमा आबद्ध छन् । उनी लुम्बिनी प्रेस क्लबका महासचिव हुन् । यस अघि उक्त पुरस्कार कान्तिपुर पब्लिकेशन लुम्बिनी प्रदेश प्रमुख दिपेन्द्र बडुवालले प्राप्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij