२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

अपाङगता भएका युवाहरुको राजनीतिक नेतृत्व र सहभागिता सम्बन्धी प्रशिक्षण 

बिहिवार , आश्विन २१, २०७८

भैरहवा। अपाङगता भएका युवाहरुको राजनीतिक नेतृत्व र सहभागिता सम्बन्धी जिल्ला स्तरीय तालिम सम्पन्न भएको छ। नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा भैरहवामा भएको दुई दिने तालिममा लोकतन्त्र, निर्वाचन, तथा राजनीतिक सहभागिततका बिषयमा प्रशिक्षण दिईएको थियो। 

सुस्त श्रबण, दृष्टिबिहिन, शारिरिक रुपमा अशक्त तथा बिभिन्न किसिमका अपाङगता भएका २४ जना व्यक्तिहरुलाई प्रशिक्षण दिईएको थियो। युएसएआईडि र ईन्टरनेश्नल फाउण्डेसन फर ईलेक्ट्रो सिस्टमको सहयोगमा भएको कार्यक्रममा टिकाराम घिमिरे तथा लक्ष्मी पाण्डेले सहजीकरण गरेका थिए। 

दुई दिन सम्मको सिकाईले आफुहरुले निर्वाचनका बिषयमा प्रस्ट रुपमा सिक्ने मौका पाएको उल्लेख गर्दै आगामि निर्वाचनमा सक्षम नेतृत्वलाई चयन गर्ने तथा आफुहरुले पनि अवसर खोज्ने बताए। 

IMG_20211006_133043.jpg

अपाङगता भएका व्यक्तिहरुले पनि सपाङग सरह नेतृत्व गर्न सक्ने उल्लेख गर्दै राज्यले अपाङगता भएका नागरिकहरुको हक, हित र अधिकारका लागि आबश्यक पैरवी गर्नु पर्नेमा जोड दिए। 

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसी, खबरपात्रो डटकमका प्रधान सम्पादक दीपक घिमिरेले बोल्दै अपाङगता भएका व्यक्तिहरुको अधिकारका बिषयमा मिडियाबाट आबश्यक पैरवी गर्नेमा जोड दिए। उनीहरुले आफुहरुले आगामि दिनमा अपाङगता भएका व्यक्तिहरुको बिषयमा थप बिषयबस्तु उठान गर्ने र आबश्यक सहकार्य गरेर अगाडि बढ्ने बताए।