२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

रुपन्देहीमा साढे ७ लाख बराबरको अवैध सामान बरामद

मंगलवार , आश्विन १९, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १९ असोज ।  
    रुपन्देही प्रहरीले साढे ७ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी इकाईहरुले ७ लाख ४६ हजार ७ सय बराबरको अवैध सामानहरु फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए । भारतबाट अवैध रुपमा भन्सार छली, चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका सामान बरामद गरिएको डीएसपी थापाले जानकारी दिए ।

    ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले सम्मरीमाई–३, गुलरियबाट युपी ५३०५५/युपी ५६ सी ४३४६ नम्बरको भारतीय नम्बरको दुईवटा मोटरसाइकलमा ल्याउँदै गरिएका विभिन्न किसिमका कपडा तथा मोटरसाइकल गरी २ लाख ४७ हजार ५ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । त्यस्तै मर्चवारी–७ मञ्जरीया चोकबाट २ लाख ९० हजार ५ सय रुपैयाँ बराबरको ११ वटा बोका गरी ५ लाख ३८ हजार ५० बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सि.न.पा.–०८ बसडिलवाबाट जुत्ता ३४ जोर, बिभिन्न किसिमका लत्ता कपडाहरु, चियापत्ती १० प्याकेट, पापड २५ प्याकेट, बटर ११ के.जी. चिनी ५० के.जी. गरी १ लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

    त्यसै गरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर–६ गल्लामण्डीबाट बा १४ प ९५४१ नम्बरको मोटरसाइकलमा अवैध रुपमा ल्याउँदै गरेको २ बोरा चिनी र मोटरसाइकल २३ हजार बराबरको सामान बरामद गरेको छ । त्यसै गरी ईलाका प्रहरी कार्यालय मझगावा मातहत प्रहरी चौकी हाटीबनगाईबाट खटिएको टोलीले मायादेवी–६ स्थित भन्सार चोकबाट २ बोरा चिनी, १ बोरा सरफ गरी ९ हजार बराबरको अवैध सामान बरामद गरेको छ ।