२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

इनरव्हील क्लब अफ लुम्बिनीको अध्यक्षमा पन्थी

सोमवार , आश्विन १८, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १८ असोज ।
    इनरव्हील क्लब अफ लुम्बिनी वर्ष २०२१/२२ को अध्यक्षमा मीना नेपाल पन्थी चयन भएकी छन् । क्लबले भैरहवामा आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा वर्ष २०२०÷२१ का अध्यक्ष रचना क्षेत्रीले पन्थीलाई पद हस्तान्तरण गरेकी थिइन् । क्लबको वर्ष २०२१/२२ को उपाध्यक्षमा रुबिता पुलामी, सचिवमा नारायणी नेपाल, कोषाध्यक्षमा सविता तुलाधर, सह–कोषाध्यक्षमा विनिता नेपाल, आइएसओमा मनु भुर्तेल, सह–सचिवमा कानन जैसवाल, एडिटरमा बिना भण्डारी पाठक, सदस्यहरुमा सिर्जना जोशी, कोपिला मरासिनी रहेका छन् ।

    इनव्हील क्लबका पाष्ट नेशनल रिप्रेजेनटेटिभ कमल प्रभा खरेलको प्रमुख आतिथ्यता, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको विशिष्ट आतिथ्यता, इनरव्हीलका डेपुटी नेशनल रिप्रेजेनटेटिभ समिरा ध्वजु, डिष्ट्रिक इएसओ आशा श्रेष्ठ, इनरव्हील लुम्बिनीका संस्थापक अध्यक्ष ज्ञानु पौड्याल, पूर्व अध्यक्ष सीता भट्टराई, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख शान्ति सुवेदी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संयोजक देवी बेल्बासेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    पाँच जनालाई सम्मान

    यसैबीच क्लबले कोभिड–१९ महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने पाँच जना महिलालाई सम्मान गरेको छ । कार्यक्रममा प्रहरी हवलदार रीता थापा, भीम अस्पतालमा कार्यरत नर्स भगवती राना, सशस्त्र प्रहरी हवलदार बन्दना घर्ती मगर, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस)मा कार्यरत नर्स शोमा गुरुङ र ट्राफिक प्रहरी दुर्गा मल्ललाई सम्मान गरिएको इनरह्वील क्लब अफ लुम्बिनीका निवर्तमान अध्यक्ष रचना क्षेत्रीले बताइन् । कार्यक्रममा क्लबङद्वारा प्रकाशित डाइरेक्टरी समेत विमोचन गरिएको थियो ।