images

शुक्रवार, चैत्र १६ गते २०८०

तिलोत्तमा नगरपालिकाले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

तिलोत्तमा नगरपालिकाले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

सीता भण्डारीको शंकाष्पद मृत्युको विश्वसनीय छानबीन गरी वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषी उपर हदैसम्मको कानूनी कारवाही गर्न माग

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • तिलोत्तमा नगरपालिकाले गरायो गृहमन्त्रीको ध्यानाकर्षण

    तिलोत्तमा, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शंकास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ । नगरप्रमुख बासुदेव घिमिरे नेतृत्वको टोलीले सोमबार गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

    images
    images
    images

    नगरपालिकाले घटनाको विश्वसनीय छानबीन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषी उपर हदैसम्मको कानूनी कारवाही गर्न गृहमन्त्रीसँग माग गरेको छ । घटनाको विषयमा यसअघि नैं आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको तिलोत्तमा नगरपालिकाले सत्यतथ्य छानबीन र पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयलाई समेत पट पटक गम्भीर ध्यानाकर्षण गराए पनि अझैसम्म घटनाको निष्कर्ष र वास्तविकता आउन नसक्दा पीडित झनै पीडित र आन्दोलन र विरोध दिनानुदिन बढ्दै गइरहेको गृहमन्त्री खाँणलाई जानकारी गराएको छ ।

    यो घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको नगरपालिकाले पुनः स्पष्ट पारेको छ । तिलोत्तमा–५ मणिग्राम घर तथा वडा नम्बर ८ चार नम्बर माइत भएकी २७ वर्षिय सीता भण्डारीको भदौ २० गते मणिग्राम घरमा शंकास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रर्दशन भइरहेका छन् । विरोध प्रर्दशन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाह समेत प्रभावित भएको छ ।

    यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको विषयको निष्पक्ष र विश्वसनीय छानबीन गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको गम्भिर ध्यानाकर्षण गराएको थियो । 

    243385845_899724847329192_3422699158842164106_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij