images

सोमवार, बैशाख २४ गते २०८१

शिशु कल्याण आधारभूत विद्यालयमा दुईकोठे भवनको शिलान्यास

शिशु कल्याण आधारभूत विद्यालयमा दुईकोठे भवनको शिलान्यास

images
images
images
सोमवार, आश्विन १८ २०७८
सोमवार, आश्विन १८ २०७८
  • शिशु कल्याण आधारभूत विद्यालयमा  दुईकोठे भवनको शिलान्यास

    परासी, १८ असोज ।
    नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ अन्तर्गत शिशु कल्याण आधारभूत विद्यालयमा एक कार्यक्रमकाबीच दुईकोठे भवनको शिलान्यास गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर आले मगरको अध्यक्षतामा शिलान्यास कार्यक्रम गरिएको हो । 

    images
    images
    images

    विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष टुक बहादुर बैदवारले भवनको शिलान्यास गर्दै शिक्षालाई अझ बढी जनमुखी बनाउन कक्षाकोठा थप गर्दै जाने लक्ष्य रहेकोे बताए । सो अवसरमा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै प्रधानाध्यापक शारदा कोइरालाले राष्ट्रपति सुधार अन्तर्गत १८ लाख रकम अनुदानलाई आगामी कार्तिक मसान्तभित्र निर्माण कार्यसम्पन्न गरिने जानकारी दिए ।

    विनयी त्रिवेणी–३ अन्तर्गतको साविक बेणी मणिपुर–२ र हाल विनयी त्रिवेणी वडा नम्बर ४ का केही भागका बालबालिका लाभान्वित हुने पनि बताइएको छ । विद्यालयको हालको कोठा पर्याप्त नभएको र भएका कोठा जीर्ण भइ चुहिने हुँदा थप कोठा निर्माण कार्यको प्रक्रिया अगाडि बढाइएको विद्यालयले जनाएको छ । दलित जनजाति समुदायको बसोबास रहेको सो क्षेत्रमा विद्यालयमा थप शिलान्यास कार्यले उत्साह बनाएको अभिभावकहरुले बताएका छन् । थप कोठा निर्माण गर्ने कार्यक्रम गत वर्षको भए पनि कोभिड–१९ का कारण यस चालू वर्षमा निर्माण कार्य अगाडि बढाइएको हो । शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij