images

सोमवार, बैशाख २४ गते २०८१

लायन्स सिद्धार्थनगर र सिद्धार्थनगर लोटसको आयोजनामा रक्तदान

लायन्स सिद्धार्थनगर र सिद्धार्थनगर लोटसको आयोजनामा रक्तदान

images
images
images
शनिवार, आश्विन १६ २०७८
शनिवार, आश्विन १६ २०७८
  • लायन्स सिद्धार्थनगर र सिद्धार्थनगर लोटसको आयोजनामा रक्तदान

    भैरहवा, १६ असोज ।
    लायन्स क्लब अफ सिद्धार्थनगर र लायन्स क्लब अफ सिद्धार्थनगर लोटसको संयुक्त आयोजनामा शनिबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले २१० बढी राष्ट्रमा लायन्स रहेको बताए । उनले रक्तदान पुनित कार्य भएको बताए । उनले विभिन्न रचनात्मक कार्यमार्फत क्लबको गरिमा उच्च बनाउनुपर्ने बताए ।

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ महेशचन्द थापाले कार्यक्रममा महिलाको उल्लेखनीय उपस्थिति हुनु उल्लेखनीय भएको बताए । उनले रक्तदान गरेर जीवन बचाउन सकिने बताए । लायन्स सिद्धार्थनगरका पूर्व अध्यक्ष दिल खोलेर रक्तदान गर्नुपर्ने बताए । लायन्स सिद्धार्थनगर लोटसका निवर्तमान अध्यक्ष दुर्गा आचार्यले रक्तदान गरेर अरुको ज्यान बचाउन सकिने बताइन् ।
    लायन्स भैरहवा ग्रीन सिटी वर्ष २०२१/२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीले रक्तदान जीवनदान भएको बताए । लायन्स सिद्धार्थनगरका पूर्व अध्यक्ष दीपक क्षेत्री न्यौपानेले चाडपर्वको बेला रगतको अभाव भए पनि बिरामीको संख्यामा कमी नआउने भएकाले रक्तदान कार्यक्रमको आवश्यकता रहेको बताए ।

    लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक मन्जु पराजुलीको ध्वजा अभिवादन, लायन्स सिद्धार्थनगर लोटसका अध्यक्ष मन्जु खरेलको धन्यवाद ज्ञापन तथा लायन्स सिद्धार्थनगरका सचिव धर्मराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ५२ जनाले रक्तदान गर्नुभएको लायन्स सिद्धार्थनगरका कोषाध्यक्ष उमेश थापा मगरले जानकारी दिए ।

    IMG_5586.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij