images

सोमवार, बैशाख २४ गते २०८१

लायन्स लुम्बिनी क्रियटिभ लेडीको आयोजनामा निःशुल्क आँखा शिविर

लायन्स लुम्बिनी क्रियटिभ लेडीको आयोजनामा निःशुल्क आँखा शिविर

images
images
images
शनिवार, आश्विन १६ २०७८
शनिवार, आश्विन १६ २०७८
  • लायन्स लुम्बिनी क्रियटिभ लेडीको आयोजनामा निःशुल्क आँखा शिविर

    भैरहवा, १६ असोज ।
    लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीको आयोजनामा भैरहवामा एक दिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । क्लबले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा सिद्धार्थनगर नगरपालिका–१ स्थित श्री बेलहिया माध्यमिक विद्यालयमा शुक्रबार शिविर आयोजना गरेको हो । शिविरमा बेलहिया मा.वि. र सिर्जना बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थी गरी ३३६ जनाको आँखा परीक्षण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष मन्जु शर्मा रेग्मीले बताइन् । परीक्षण गरिएकामध्ये १४ जनालाई औषधी, ११ जनालाई चश्मा प्रदान गरिएको, १५ जनामा दृष्टिदोषको समस्या रहेको र १२ जनालाई अस्पतालमा रिफर गरिएको उनले बताइन् ।

    images
    images
    images

    शिविर कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले आँखाको क्षेत्रमा लायन्सले काम गर्दै आएको बताए । उनले लायन्समा सेवा गर्ने भावले लागिएको बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्लले लायन्सले बेलहिया तथा वडा नम्बर १ मा धेरै कार्यक्रम गरेको बताए । 

    लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारीले लायन्सले अप्रत्यक्ष रुपमा पनि आँखा क्षेत्रमा सहयोग गर्दै आएको र लायन्सले धेरै काम गर्न बाँकी रहेको बताए ।

    बेलहिया मा.वि. व्यवस्थापन समितिका सदस्य सुरेन्द्र क्षेत्रीले विभिन्न लायन्स क्लबले विद्यालयमा कार्यक्रम गर्दा खुसीको अनुभुति भएको बताए । जेसीआई सिद्धार्थ, नेपालका पूर्व अध्यक्ष विजय शर्माले लायन्स लुम्बिनी क्रियटिभ लेडी सक्रिय रुपमा समाजसेवामा लागेको बताए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डेपुटी चेयरपर्सन सुशिल गुरुङले विद्यालयलाई मात्र जिम्मेवारी दिएर नहुने भएकाले अभिभावकले पनि बालबालिकको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए ।

    लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीका संस्थापक अध्यक्ष रचना क्षेत्रीले क्लबले उदाहरणीय कार्य गरेको बताइन् । लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका अध्यक्ष राकेश गुरुङले पछिल्लो समय मोबाइल तथा कम्प्युटरको बढी प्रयोगले बालबालिकामा आँखाको समस्या देखिएको बताए । लायन्स लुम्बिनी क्रियटिभ लेडीका निवर्तमान अध्यक्ष देवी न्यौपानेले हामी सेवा गर्छौं भन्ने नाराका साथ अगाडी बढेको बताइन् । लायन्स लुम्बिनी क्रियटिभ लेडी वर्ष २०२१/२२ का अध्यक्ष मन्जु शर्मा रेग्मीको अध्यक्षता, कार्यक्रम संयोजक सिर्जना पाठकको स्वागत, मीना ज्ञवालीको ध्वजा अभिवादन तथा निर्देशक सम्झना भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


    244198001_383745009903532_3480657478009797980_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij