images

सोमवार, बैशाख २४ गते २०८१

लुम्बिनीमा स्त्री तथा प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर

लुम्बिनीमा स्त्री तथा प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर

images
images
images
शनिवार, आश्विन १६ २०७८
शनिवार, आश्विन १६ २०७८
  • लुम्बिनीमा स्त्री तथा प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क शिविर

    भैरहवा, १६ असोज ।
    लुम्बिनीमा स्त्री तथा प्रजनन स्वास्थ्यसम्बन्धी तीनदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सुरु भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ लंकापुरस्थित लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजना तथा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, भैरहवाको प्राविधि सहयोगमा शनिबारदेखि सुरु भएको शिविर असोज १८ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

    शिविर कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अशिक्षा, गरीबी लगायतका कारणले रोगहरु लुकाएर बस्ने र अन्तिम अवस्थामा उपचारमा जाँदा धेरै खर्च लाग्ने गरेको बताए । उनले तीन दिनसम्म सञ्चालन हुने शिविरमा बिरामीहरुको चाप बढेको अवस्थामा एक दिन थप्नुपर्ने बताए । उनले लुम्बिनी गार्डेन फाउण्डेशनले विकास निर्माण, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको बताए । अध्यक्ष तिमिल्सिनाले लुम्बिनीमा एक सय बेडको अस्पतालका लागि काम अगाडी बढेकाले प्रयाप्त जग्गाको प्राप्तीमा लाग्न नगरपालिकालाई आग्रह गरे । ‘जग्गामा कन्जुस्याई नगर्नुहोस्, एक सय बेड क्षमताको अस्पताल बनाउने भनिए तापनि भविष्यमा ५ सय बेडको अस्पताल बनाउनुपर्छ, लुम्बिनी क्षेत्रका साथै छिमेकी मुलुक भारतबाट पनि बिरामी अस्पतालमा आउनेछन्, ’उनले भने । शिविरमा आउने बिरामीहरुले स्वास्थ्यकर्मीहरुलाई ढुक्कसंग समस्याको बारेमा जानकारी गराउन उनले आग्रह गरे । 

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले नगरपालिका क्षेत्रमा अस्पताल नभएकाले अस्पतालका लागि विगत ४ वर्षदेखि लागिपरेको बताए । उनले वडा नम्बर १० मधुवनीमा रहेको सार्वजनिक जग्गा प्राप्तीका लागि ३५ दिने सूचना प्रकाशित भइसकेको बताए । नगरप्रमुख चौधरीले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले शिविरले धेरै नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । 

    लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले गौतमबुद्धको जन्मस्थल लुम्बिनी र बुद्धसंग सम्बन्धित देवदह, तिलौराकोट, रामग्राम लगायत सबै ठाउँलाई संसारमा चिनाउने उद्देश्यले फाउण्डेशनले काम गरिरहेको बताए । उनले नेपाल र स्पेनबीच सम्बन्ध मजबूत बनाउन फाउण्डेशन लागिपरेको बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा फाउण्डेशन निरन्तर लागेको बताए ।

    कार्यक्रममा लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमन, फाउण्डेशनका संस्थापक उपाध्यक्ष गोविन्द सुवेदी, लुम्बिनी प्रादेशिक अस्पतालका महिला रोग विशेषज्ञ ढा. विष्णु गौतम लगायतले शिविरबाट लुम्बिनी क्षेत्रका अधिकांश नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij