शनिवार , आश्विन १६, २०७८
बुटवल, १६ असोज ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले सल्लाहकार मनोनयन गरेको छ । महासंघको शुक्रबार बसेको बैठकले सल्लाहकारमा डा. बालकृष्ण चापागाई, विनोद पहाडी, हरि लम्साल, शेर बहादुर केसी, यानेन्द्र जिसी, दिनेश पाण्डे, खिमानन्द भट्टराई, इन्दिरा अर्याल र माधव ढुंगानालाई मनोनयन गर्ने निर्णय गरेको हो । केसी, जिसी र पाण्डे विधान अनुसारका सल्लाहकार हुन ।
बैठकले श्रमजीवि पत्रकारहरुलाई दशैं अगावै बाँकी बक्यौतासहित सबै प्रकारको सेवा सुविधा उपलब्ध गराइ सहज वातावरण बनाउन समेत सञ्चार गृहलाई आग्रह गरेको छ । महासंघ रुपन्देहीका अधयक्ष रामराज पोखरेलको अध्यक्षतामा बसेको बैठकले दशैं, तिहार तथा छठ पर्वको अवसरमा शूभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको सचिव विनोद परियारले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij