
लिलाराम न्यौपाने उच्च माविकी शिक्षा अर्याल प्रथम
बिहिवार , आश्विन १४, २०७८
भैरहवा। जेसिआई सिद्धार्थ लेडि नेपालको आयोजनामा भैरहवामा जारी साताव्यापी कार्यक्रम अन्तरगत वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ।
अनलाईन शिक्षा : अबसर र चुनौती बिषयक वक्तृत्वकला कार्यक्रममा भैरहवाको लिलाराम न्यौपाने उच्च माविकी शिक्षा अर्याल प्रथम भएकी छन्।
१४ जना छात्र तथा छात्रा सहभागि वक्तृत्वकलामा युनिभर्सल माविकी दिव्या सुवेदी दृतिय, सनसाईन उच्च माविकी बिदुषि शाहि ठकरी तृतिय भईन भने काशि नोवल उच्च माविकी आशिका पाण्डे सान्त्वना भएको कार्यक्रम संयोजक अम्बिका घिमिरे ज्ञवालीले जानकारी दिईन।
शिक्षावीद् बालकृष्ण भट्टराईको प्रमुख आथित्यता तथा रिमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अनुपा पाण्डेले गरेकी थिईन। निर्णायक मण्डलमा साहित्यकारहरु बिजय सागर, बनमाली निराकार र रुद्ध ज्ञवाली रहेका थिए।
सो अबसरमा बोल्दै शिक्षावीद् भट्टराईले कोभिडका कारण बिद्यार्थीको पठनपाठनमा असर पुगेको बताए। उनले बिद्यार्थीहरुको पठन पाठनलाई थप प्रभावकारी बनाउन वक्तृत्वकला कार्यक्रम निकै प्रभावकारी हुने बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij