२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

पानसको सचिवमा रुपन्देहीका जयसवाल र मध्यपुर्व संयोजकमा लम्साल 

बुधवार , आश्विन १३, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १३ असोज 
    प्रवासी नेपाल एकता समाज (पानस) अन्तर्राष्ट्रिय समन्वय समिति (आईसिसि)को सचिवमा रुपन्देहीका मनोज कुमार जयसवाल र मध्यपुर्व संयोजकमा तोयानाथ लम्साल मनोनित भएका छन् । हाल युएईमा रहेका जयसवाल रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र लम्साल देवदह निवासी हुन् । आईसिसिको विधानबमोजिम सल्लाहकार, पदाधिकारी तथा सदस्य मनोनयन गरिएको पानसले जनाएको छ । 

    पानसको अध्यक्षमा प्रेमकुमार श्रेष्ठ (अमेरिका), उपाध्यक्षमा रघुदिप खड्का (जापान), शशि सिलवाल (युएई), महिला उपाध्यक्षमा सुबिभा हमाल (अस्ट्रेलिया), महासचिवमा अर्जन ओली (जर्मनी), भुपाल कार्की (स्कटलैण्ड), कोषाध्यक्षमा महेन्द्र पन्त (बेल्जियम), प्रवक्तामा तिर्थ बहादुर मल्ल (युके) र सह–कोषाध्यक्षमा सर्मिलि लामा (स्कटलैण्ड) मनोनित भएका छन् ।

    त्यस्तै क्षेत्रीय संयोजकमा ओसियानामा ऋषिकेश न्यौपाने (अस्ट्रेलिया), उत्तर–दक्षिण अमेरिका सुर्यनाथ भण्डारी (अमेरिका), एसिया प्रशान्त क्षेत्र लक्ष्मी खापुङ (हङकङ), युरोप क्षेत्रमा गौरव न्यौपाने (डेनमार्क) र अफ्रिकामा सुशान्त भद्रा रहेका छन् । त्यस्तै सल्लाहकारमा कुलेन्द्र विक्रम शाही (जापान), सुरेन्द्रमान अमात्य (बेल्जियम), लोक तिवारी (अमेरिका), प्रेम चौलागाई (अमेरिका), दिपक विष्ट (अष्टे«लिया) र डा. रामकृष्ण निरौला (अष्टे«लिया) रहेका छन् ।