२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

औषधि व्यवसायी संघको बैठक सम्पन्न

मंगलवार , आश्विन १२, २०७८

बुटवल, १२ असोज ।
सागठनिक र व्यवसायिक प्रभावकारीता बढाउने उद्देश्यका साथ नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेश कार्यसमिति तथा जिल्ला बैठकहरु सम्पन्न भएका छन । संघका केन्द्रीय सदस्य प्रकाश कुमार श्रेष्ठले प्रदेश बैठकको दाङको लमहीमा औपचारिक उद्घाटन गर्दै व्यवसायीलाई मर्यादित बनाउँदै व्यवस्थित गर्ने काममा लुम्बिनी प्रदेशबाट अगुवाई गर्न सुझाव दिए । प्रदेश कार्यसमिति र ११ जिल्लाका अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहभागी भएको बैठकले प्रदेश तथा जिल्ला शाखाहरुमा भइरहेको काम तथा आगामी योजनाबारे समेत महत्वपूर्ण निर्णय गरेको लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवालीले बताए । सबै जिल्लाहरुमा घरदैलो अभियानमार्फत औषधी ब्यवसायीलाई सचेतना जगाउने, सीप तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्ने, सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुसंग सहकार्य गर्दै संघको कार्ययोजना बमोजिमका कार्यहरुलाई निर्धारित समयमा गरिने उनले बताए ।
यसअघि शुक्रबार रोल्पा र प्युठान जिल्ला शाखासंग संयुक्त बैठक सम्पन्न भएको छ । यसैगरि कार्यालय व्यवस्थापन, सदस्यता नविकरण, वार्षिक कार्ययोजना निर्माण र कार्यान्वयन, सामाजिक उत्तरदायित्वका काम र सम्पादित कामहरुको नियमित रिपोर्टङका विषयमा बैठकमा छलफल भएको प्रदेश महासचिव लुकराज न्यौपानेले बताए । बैठकपछि संघका जिल्ला अध्यक्षहरुको संघ प्रदेशबाट निर्देशित काम र बैठकका निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेशभरीका ५० जना पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको बैठकको आतिथ्यता दाङ जिल्ला शाखाका अध्यक्ष विष्णु प्रसाद पौडेलले प्रदेश राजधानीको पूर्वाधार विकासमा गति लिईरहेको सो क्षेत्रमा औषधी ब्यवसायीहरुको हकहितमा कार्यक्रम गरिनु निकै उपलब्धिमुलक भएको बताए ।