२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

पहिरो पिडितलाई ब्यवस्थापन गर्न बुटवल कांग्रेसको मुख्यमन्त्रीसँग आग्रह 

मंगलवार , आश्विन १२, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल ।  बुटवल क्षेत्रका समस्याहरुलाई लिएर  नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसि समक्ष पुगेको छ। ज्योतिनगर क्षेत्रमा पहिरो पीडितहरुका लागि राहत, उद्दार तथा पुनस्थापना र बुटवल क्षेत्रमा निर्माणाधीन सडकहरु छिटो निर्माण सम्पन्न गरिसक्न माग गर्दै बुटवल कांग्रेसले मुख्यमन्त्री केसिको ध्यानाकर्षण गराएको हो। 

    मंगलबार मुख्यमन्त्री कार्यालय पुगेर उपमहानगर समितिले गोलपार्क चौराहा सडक, कालिका पथ बिस्तार र  बेलबास बेथरी सडकको काम समयमै सक्न ध्यानाकर्षण गराएको हो। उपमहानगर सभापति खेलराज पाण्डेको नेतृत्वमा पुगेको टोलिको ध्यानाकर्षण बुझ्दै मुख्यमन्त्री केसिले ज्योतिनगर पहिरो पीडितहरुका लागि उद्दार, राहत तथा पुनस्थापनाका लागि चरणबद्ध कार्यक्रम ल्याउने प्रतिबद्धता ब्यक्त गरे। उनले तिनाउ नदीको कटानबाट विचल्लीमा परेका परिवारका लागि समेत राहतका काम गर्ने प्रतिबद्धता ब्यक्त गरे। 

    उनले सडक निर्माणको कामलाई पनि समयमै सक्न निर्देशन दिने प्रतिबद्धता ब्यक्त गरे। उनले काम समयमा सम्पन्न नहुदा सर्वसाधारणलाई सास्तिको साथै खर्च पनि बढ्ने भएकोले काम समयमै सम्पन्न गर्न दबाब दिने बताए। ध्यानाकर्षण गराउन उपमहानगर सभापति पाण्डे, उपसभापति ज्योति भण्डारी, सचिव छाया पोखरेल लगायको सहभागिता रहेको थियो।