२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

रुपन्देहीमा ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु

मंगलवार , आश्विन १२, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, १२ असोज ।  
    रुपन्देहीको सैनामैनामा एकाबिहानै ट्रकले ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको लुम्बिनीप्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । मृत्यु हुनेमा सैनामैना ५ का ४२ वर्षिय राधा भट्टराई र उनका २२ वर्षिय छोरा महेश भट्टराई रहेको प्रहरीले जनाएकोछ । उपचारको क्रममा उनीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

    बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनिहरुलाई पश्चिमबाट आएको ट्रकले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।