२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

माग पूरा नगरिएको भन्दै भीम अस्पतालका कर्मचारी पुनः आन्दोलित

सोमवार , आश्विन ११, २०७८

भैरहवा, ११ असोज ।

आफूहरुले उठाएका मागहरु सम्बोधन नभएको भन्दै भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी पुनः आन्दोलनमा उत्रिएका छन् । असोज १ गते पाँच दिनको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा पनि हालसम्म कुनै पहल नभएकाले पुनः चरणबद्ध आन्दोलनमा जाने घोषणा गरिएको अस्पताल विकास समिति कर्मचारी यूनियन भीम अस्पताल, भैरहवाका अध्यक्ष गोपाल उपाध्यायले बताए ।

‘गत भदौ १६ गते थालिएको आमरण अनशनसहितको आन्दोलन र त्यसले सिर्जना गरेको चुनौती सम्बन्धमा दुई पक्षबीच वार्ता, संवादपछि भदौ १७ गते आन्दोलन निष्कर्षमा पुगी ३ सदस्यीय समाधान समिति गठन भएको थियो, ’उपाध्यायले भने । आन्दोलनलाई स्थगित गराउने बेला गरिएका सहमतिप्रति अस्पताल प्रशासन र विकास समितिले कुनै किसिमको देखिने पहल गरी त्उसको सूचना वा पत्राचार केही नदेखाएकाले असोज १ गते अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाइएको उनले बताए ।

‘समितिले अध्ययन अनुसन्धान गरी बनाइएको प्रतिवेदन समिति समक्ष पेश भइ भदौ ३१ गते अस्पताल विकास समितिको पूर्ण बैठकमा विभिन्न किसिमका प्रश्नहरु उठाइ समितिले तयार पारेको न्यूनतम कार्यसुची, योजना र माग सम्बोधन गर्ने न्युनमत सहमति नभएकोप्रति कर्मचारी युनियन दुःखित र आश्चर्यचकित भएका छौं, ’उनले भने ।

आन्दोलन अन्तर्गत सोमबार अस्पताल परिसरमा कालोपट्टी बाधेर शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको उपाध्यायले जानकारी दिए । त्यस्तै मंगलबार दिउँसो २ बजेदेखि आमरण अनशन सुरु गर्ने भीम अस्पताल कर्मचारी यूनियनले जनाएको छ ।