
आइतवार , आश्विन १०, २०७८
भैरहवा, १० असोज ।
नमो बुद्ध सोसाइटी र लियो क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा रुपन्देहीको मर्चवार क्षेत्रमा रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मेडिजोन पोलिक्लिनिक प्रा.लि.को सहयोगमा कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा कार्यक्रम सम्पन्न भएको लियो सिद्धार्थनगर युथ वर्ष २०२१/२२ का अध्यक्ष अनुराग पाण्डेले बताए ।
कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक अनिल यादवले बताए । त्यस्तै कार्यक्रममा ३ सय बढीको मधुमेह परीक्षण गराएको नमो बुद्ध सोसाइटीका अध्यक्ष विकास यादवले बताए ।
मनिष लोधको सञ्चालनमा कार्यक्रम सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij