
आइतवार , आश्विन १०, २०७८
बुटवल, १० असोज ।
रोटरी क्लब अफ बुटवलको १३८३ औं नियमित बैठक अन्तर्गत शनिबार वृक्षारोपण, ई–लर्निङ सपोर्ट एवं छात्रा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । आरसिसी भाटा, सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय परिसरमा वृक्षारोपणसहित तीनवटा कार्यक्रम आयोजना गरिएको क्लबका सचिव खिमनारायण पराजुलीले बताए ।
क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई ई–लर्निङ सम्बन्धी विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको थियो । त्यस्तै कार्यक्रममा विद्यालय परिसरमा करिब २ सय विरुवाहरु लगाइएको क्लवका सहसचिव दिवाकर घिमिरेले जानकारी दिए ।
क्लवका एसिष्टेन्ट गभर्नर डा. नारायणप्रसाद पन्थको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संयोजन क्लबका कोषाध्यक्ष गोपालप्रसाद बस्यालले गरेका थिए । त्यस अवसरमा क्लबका एजी पन्थले क्लबले सामाजिक कार्यक्रमलाई विगतदेखि नै निरन्तरता दिएको भन्दै यसले आम मानिसमा रोटरीप्रति सकारात्मक भावनाको विकास हुने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij