२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

लायन्स बुटवल देउरालीद्वारा रक्तदान

आइतवार , आश्विन १०, २०७८


बुटवल, १० असोज ।

लायन्स क्लब अफ बुटवल देउरालीले रक्तदान गरेको छ । शनिबार एक समारोहकाबीच कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनलका डिष्ट्रिक एक्जुकेटिभ चिफ एमजीएफ अर्जुनमान सैजुले रगतको मागलाई पूरा गर्न सामाजिक संघ–संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताए । नेपालमा वर्षेनी ४ लाख युनिट रगत खपत हुने हुँदा नियमित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनले बताए । रुपन्देही रक्तदान कार्यक्रम गरी सामाजिक कार्यमा अगाडि रहेको भन्दै यसमा युवाहरुको योगदान महत्वपूर्ण रहेको बताए ।  युवाहरु परिवर्तनको बाहकका रुपमा परिचय दिएर युवासंग नयाँ नयाँ ज्ञान र सिकाई लिनुपर्ने उनले बताए । लायनवादको नारालाई अगाडि बढाएर क्लब छोटो समयमा नै अगाडि आउन सफल भएको उनले बताए । 

नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा एलसिएफ कोअर्डिनेटर एमजेएफ किरण खरेल, एरिया–४ का एरिया चिफ जीवन गौतम, जोन चेयरपर्सन भोजराज पाण्डे, क्लबका अध्यक्ष ज्ञान प्रसाद पौडेल, नेपाल स्वयंसेवी रक्तदाता समाजका कृष्ण चौहान, प्रथम उपाध्यक्ष रमेश पाण्डे, द्घितीय उपाध्यक्ष दिपक पन्थी, तृतीय उपाध्यक्ष विष्णु अधिकारीले प्रचार भन्दा पनि समुदायलाई फाइदा मिल्ने गरि काम गर्न जरुरी रहेको बताए । कार्यक्रमका संयोजक राम प्रसाद गैरेले विभिन्न क्लबहरुबाट सहभागिता रहेको रक्तदान कार्यक्रममा १ सय १ युनिट रगत संकलन भएको बताए ।