२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सिद्धार्थनगरमा अपांगता परिचयपत्र वितरण 

शनिवार , आश्विन ९, २०७८

भैरहवा, ९ असोज ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अपागंता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको छ । जसअनुसार क वर्गका रातो कार्ड पाउने ३ जना, ख वर्गका निलो कार्ड पाउने १५ जना, ग वर्गका पहेंलो कार्ड पाउने ४ जना गरी जम्मा २२ जनालाई परिचयपत्र वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

सिद्धार्थनगर नगरपालिका उपप्रमुख तथा अपांगता परिचयपत्र वितरण समितिका संयोजक उमा काफ्लेको अध्यक्षतामा बसेको बैठकले परिचयपत्र वितरण गरेको हो । बैठकमा समिति सदस्य शुभम शर्मा, अमृता गुरुङ, तुलसीराम ओली, सदस्य सचिव कौशिल्या चौधरी, वरिष्ठ अधिकृत विवेक खनाल लगायतको उपस्थिति रहेको थियो । सिद्धार्थनगर नगरपालिकाको अपागंता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ अनुसार १० प्रकारको अपांगता प्रकृति मा गाम्भिर्यताको आधारमा ४ प्रकारका कार्ड वितरण हँुदै आएका छन् । जसमा पूर्ण अशक्तता अपांगता, अति अशक्त अपांगता, मध्यम अपांगता र सामान्य अपांगता गरी चार किसिमका रहेका छन् ।