
शुक्रवार , आश्विन ८, २०७८
भैरहवा, ८ असोज ।
भैरहवा नमुना माध्यमिक विद्यालय सिद्धार्थनगर–५, रुपन्देही विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा आनन्द प्रसाद गुप्ता सर्वसम्मत चयन भएका छन् । बिहीबार सम्पन्न अभिभावकको भेलाले चार सदस्य सर्वसम्मत चयन गरेको थियो । चयन भएका चारजना सदस्यहरुमध्येबाट गुप्ता तीन वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । गुप्ता भैरहवा नमुना क्याम्पसको समेत अध्यक्ष हुन् ।
अभिभावक भेलाले सरिता सोनी, आनन्द प्रसाद गुप्ता, प्रेमराज भुसाल र विमलावती चौधरीलाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन गरेको थियो । त्यस्तै नवगठित व्यवस्थापन समितिको बैठकले रबिन्द्र प्रताप गुप्ता र प्रियंका जैसवाललाई सदस्यमा मनोनित गरेको छ । व्यवस्थापन समितिको पदेन सदस्यमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष चेत बहादुर क्षेत्री रहेका छन् । त्यस्तै विद्यालयको शिक्षक–अभिभावक संघको अध्यक्षमा छबिलाल यादव चयन हुनुभएको भैरहवा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेले जानकारी दिए ।
व्यवस्थापन समितिका अध्यक्ष गुप्ताले विद्यालयको विकासका लागि आफू लागिपर्ने बताए । उनले विगतमा आफू विद्यालयको विद्यार्थी, शिक्षक हुँदै अध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेकाले विद्यालयको विकासमा ध्यान दिने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij