२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

रोटरीद्वारा चिल्ड्रेन पार्क सफाई

शुक्रवार , आश्विन ८, २०७८

बुटवल, ८ असोज ।
रोटरी क्लब अफ डाउनटाउनको अगुवाइमा रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकस, बुटवल डाउनटाउन, बुटवल सिनर्जीका युवाहरु र नेपाली सेनाको श्री नं २२ बाहिनी अड्डा योगिकुटीका सेनाहरुले आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालस्थित चिल्ड्रेन पार्क सरसफाइ गरेको छ । कार्यक्रमको रोटरी ईन्टरनेश्नल जोन २३ का एजी डा. नारायण प्रसाद पन्थले औपचारिक रुपमा उद्घाटन गर्दै सामाजिक क्षेत्रमा रोटरीको महत्वपूर्ण योगदान रहेको बताए । 

क्लबका अध्यक्ष जबिन कक्षपतिले मानविय सेवा भावनाका साथ स्थापना भएको रोटरीको मुलमर्म अनुसार नै निरन्तर कार्यक्रम गरिएको बताए । पूर्व अध्यक्षहरुबाट गरिएका नमुना कामहरुलाई आत्मसात गर्दै निरन्तरता दिदै आएको उनले बताए । 

कार्यक्रममा जोन २१ एजी जीवन अधिकारी, रोटरी डिष्ट्रिक पोलियो चेयर राजेन्द्र ढकाल, पुर्वअध्यक्ष पिताम्बर ज्ञवाली, पंकज ज्ञवाली, रामेपिथेकसका अध्यक्ष विजय कार्किले मानिसमा सामाजिक विकास महत्वपूर्ण भएको बताए । 

नेपाली सेनाको श्री नं २२ बाहिनी अड्डा योगिकुटी ब्यारेकका मेजर झपेन्द्र चौधरीको नेतृत्वमा आएको सेनाको सहयोगमा कार्यक्रम गरिएको हो । सन् २००३ मा अध्यक्ष ध्रुव तुलाचनको कार्यकालमा चिल्ड्रेन पार्क स्थापना गरिएको थियो । करीब १ विगाहा क्षेत्रफलमा अस्पतालमा उपचारमा आउने बालबालिकाहरुलाई भुलाउने गरी पिङ, फुलबारी गार्डेन लगायत पूर्वाधार निर्माण गरिएको थियो ।