
शुक्रवार , आश्विन ८, २०७८
भैरहवा, ८ असोज ।
उद्योग व्यापार संगठन, रुपन्देहीले शुक्रबार भैरहवामा रक्तदान तथा वृक्षारोपण गरेको छ । १४ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनको पूर्व सन्ध्यामा सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको भवन परिसरमा वृक्षारोपण तथा रक्तदान गरिएको अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।
भवन परिसरमा ७० वटा विरुवा रोपिएको संगठनका उद्योग उपाध्यक्ष तथा वृक्षारोपण कार्यक्रम संयोजक रामचन्द्र रेग्मीले बताए ।
त्यस्तै कार्यक्रममा २६ युनिट रगत संकलन भएको संगठनका सह–कोषाध्यक्ष तथा रक्तदान कार्यक्रम संयोजक राम मिलन यादवले जानकारी दिए ।
साधारणसभा तथा अधिवेशनको अवसरमा संगठनले बिहीबार प्रभातचोकदेखि संगठनको भवनसम्म सरसफाई कार्यक्रम गरेको थियो ।
असोज ९ गते शनिबार (आज) संगठनको १४ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशन सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित आफ्नै नवनिर्मित भवनमा हुने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij