
बिहिवार , आश्विन ७, २०७८
भैरहवा, ७ असोज ।
भैरहवा नमुना माध्यमिक विद्यालय सिद्धार्थनगर–५, रुपन्देहीको विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला बिहीबार सम्पन्न भएको छ । भेलाले चार जना सदस्य सर्वसम्मत रुपमा चयन गरेको छ । व्यवस्थापन समितिको सदस्यमा आनन्द प्रसाद गुप्ता, सरिता सोनी, प्रेमराज भुसाल र विमलावती चौधरी चयन भएका हुन् । गुप्ता भैरहवा नमुना मा.वि. व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत हुन् । बिहीबार चयन भएका सदस्यहरुमध्येबाट एकजना सदस्य व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हुनेछन् ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य चेत बहादुर क्षेत्रीले विद्यालयमा शैक्षिक गुणस्तरको सुधार गर्न नयाँ व्यवस्थापन समितिले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे । सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा अधिकृत जाह्नवी पाण्डेले व्यवस्थापन समितिका सदस्यहरुलाई बधाई ज्ञापन गर्दै विद्यालयको विकास लागि रचनात्मक कार्य गर्न आग्रह गरिन् ।विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij