२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

शापु रोगसम्बन्धी प्रशिक्षण

बिहिवार , आश्विन ७, २०७८

भैरहवा, ७ असोज ।
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल र नेपाल नेत्र सहायक परिवार ईकाईको आयोजना र सेवा फाउण्डेशनको सहयोगमा शापु रोगसम्बन्धी प्रशिक्षण कार्यक्रम जुममार्फत सम्पन्न भएको छ । सो कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा.ज्ञानेन्द्र लामिछाने प्रस्तुतीकरण र कार्यक्रमको उद्देश्यबारे सह.प्रा.डा.कबिन्द्र बज्राचार्यले जानकारी गराएका थिए । 

कार्यक्रममा लुम्बिनी प्रदेशभित्रका नेपाल नेत्र ज्योति संघअन्र्तगत सञ्चालित आँखा अस्पताल/आँखा उपचार केन्द्र र निजी आँखा अस्पताल, सेवा फाउण्डेशन अन्र्तगतका  ताप्लेजुङ्ग, ईटहरी, खादवारी, भरतपुर गेटा, केडिया र गौर आँखा अस्पतालका नेत्रसहायक तथा स्वास्थ्यकर्मीहरु गरी ९० जनाको सहभागिता रहेको श्री रण अम्बिका शाह आँखा अस्पतालका सूचना अधिकारी प्रतिक पाण्डेले जानकारी दिए ।

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरका निर्देशक प्रा.डा.ज्ञानेन्द्र लामिछाने, बाह््य कार्यक्रम निर्देशक कबिन्द्र बज्राचार्य, अस्पताल व्यवस्थापक प्रकाश रायमाझी, सेवा फाउण्डेशनका कन्ट्री डाइरेक्टर राम प्रसाद कंडेल, नेपाल नेत्र सहायक परिवारका केन्द्रिय अध्यक्ष विमल पौड्याल, वरिष्ठ उपाध्यक्ष हिरा शाह र लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले शापु रोग सम्बन्धमा अस्पतालले हाल गरिरहेको गतिविधिबारे जानकारी गराएका थिए ।

कार्यक्रमको समापनमा सेवा फाउण्डेशनका कन्ट्री डाईरेक्टर राम प्रसाद कंडेल, लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्याल र नेपाल नेत्र सहायक परिवारका केन्द्रिय अध्यक्ष विमल पौड्यालले बोलेका थिए । नेपाल नेत्र सहायक परिवार लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर ईकाईका अध्यक्ष सुसन नकर्मीको सञ्चालनमा कार्यक्रम भएको थियो ।