२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

क्यान्सर पीडितलाई लायन्स सिद्धार्थनगरद्वारा आर्थिक सहयोग

बिहिवार , आश्विन ७, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ७ असोज ।
    लायन्स क्लब अफ सिद्धार्थनगरले क्यान्सर पीडित तिलोत्तमा नगरपालिका–६, नयाँमिलका ३९ वर्षिय पुरुषोत्तम गौतमलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । ठूलो आन्द्राको क्यान्सरबाट पीडित गौतमको घरमा पुगेर क्लबले नगद ५१ हजार रुपैयाँ हस्तान्तरण गरेको कार्यक्रम संयोजक कुलचन्द्र गौतमले जानकारी दिए । करिब साढे ३ वर्षदेखि क्यान्सरबाट पीडित गौतमको उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको क्लबका वर्ष २०२१÷२२ का अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए ।

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जुकेटिभ चिफ महेशचन्द थापा, को–चिफ एडभाइजर धर्मराज श्रेष्ठ, डिष्ट्रिक प्रोग्राम मेम्बर तथा लायन्स क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्य, भीष्म प्रसाद न्यौपानेले उक्त रकम हस्तान्तरण गरेका थिए ।

    लायन्स सिद्धार्थनगरका सह–सचिव कमल ज्ञवालीका अनुसार जागिर गर्दै आएका पुरुषोत्तम गौतम साढे ३ वर्ष अघि क्यान्सरबाट ग्रसित भएपछि उनको उपचारका लाखौं धनराशी खर्च भइसकेको छ । भएको धनसम्पत्ति समेत उपचारमा खर्च भएपछि अहिले उनको उपचारमा समेत आर्थिक समस्या भएको छ । गौतमको उपचारका लागि अन्य संघ–संस्थाको समेत आवश्यकता रहेको क्लबका सचिव धर्मराज आचार्यले बताए ।